
सिन्धुली, २५ फागुन । सिन्धुली उद्योग वाणिज्य संघको नयाँ कार्यसमिति चयनको लागि यही फागुन २७ गते निर्वाचन हुदैछ । संघको २५ पदमा ३१ जनाले उम्मेदवारी दर्ता गराएका थिए ।
उम्मेदवारी दिएका मध्ये १२ जना निर्विरोध निर्वाचित पनि भइसकेका छन् । फागुन २७ गते हुने निर्वाचनमा अध्यक्ष सहित १३ पदमा प्रतिस्पर्धा हुदैछ । चुनावी प्रतिस्पर्धामा अध्यक्षका उम्मेदवार अर्जुन कुमार श्रेष्ठ सहित अधिकांस पदाधिकारीहरुले दाेहाेर्याएर एउटै पदमा प्रतिस्पर्धा गर्दैछन् भने केही पदमा निर्विरोध निर्वाचित समेत भएका छन् ।
एउटै व्यक्ति बारम्बार एउटै पदमा उम्मेदवार हुने चलन सिन्धुली उद्योग बाणिज्य संघको लागि खासै नौलो होईन । यति सम्मकी एउटै व्यक्ति झन्डै ३० बर्ष देखि सिन्धुली उद्योग वाणिज्य संघको विभिन्न पदमा आएका छन् ।
२०५३ सालमा सहसचिवबाट संघमा प्रवेश भएका बिरवल चौधरी हाल सम्म छ पटक संघको विभिन्न पदमा बसी सकेका छन् । एक पटक उपमहासचिव, २ पटक महासचिव, एक पटक बाणिज्य उपाध्यक्ष र एक पटक बरिष्ठ उपाध्यक्ष भईसकेका चौधरी फेरी यो पटक बरिष्ठ उपाध्यक्षमै चुनाव लड्दैछन् ।
बारम्बार एउटै व्यक्ति पदमा आए नयाँ व्यक्तिलाई अवसर नमिल्ने भन्दै अन्य व्यवसायीहरुमा भने असन्तुष्टी बढेको देखिन्छ । एउटै समूह वा व्यक्ति हाबी भए संंघमा बेतिथी बढ्ने र संघ समेत कमजोर हुन सक्ने कतिपय व्यवसायीहरुको आशंका छ ।
बरिष्ठ उपाध्यक्ष पदका अर्का उम्मेदवार देवनारायण श्रेष्ठ एउटै पदमा एउटै व्यक्तिको बारम्बार उम्मेदवारी परेकाले पनि त्यसलाई तोड्न आफुँले उम्मेदवारी दिएको बताउनुहुन्छ ।
बरिष्ठ उपाध्यक्ष पदका उम्मेदवार बिरबल चौधरी आफ्नो रहरले भन्दा पनि अरु व्यवसायीहरुकै चाहनामा आफँले उम्मेदवारी दिएको बताउनुहुन्छ ।
आफुँ काम गर्ने मान्छे भएकाले संघको हितमै काम गर्न दोहो¥याएर बरिष्ठ उपाध्यक्षमा उम्मेदवारी दिएको उहाँको भनाई छ ।