सिन्धुली, २० भदौं । सिन्धुलीमा आज विभिन्न चेतनामुलक कार्यक्रम गरेर मानव बेचबिखनविरुद्धको १७ औँ राष्ट्रिय दिवस मनाइएको छ ।
‘सामाजिक न्याय र आर्थिक सशक्तिकरण ः मानव बेचबिखनको निर्मूलन’ भन्ने नाराका साथ जिल्लाका नौ वटै स्थानिय तहहरुले विभिन्न चेनतामुलक कार्यक्रम गरेर दिवस मनाएका हुन् ।
कमलामाई नगरपालिकामा मानव बेचबिखनविरुद्धको अभियानमा हाम्रो दायित्व र प्रयास बिषयक अन्तरक्रिया कार्यक्रम गरेर दिवस मनाईएको छ ।
कमलामाई नगरपालिकाको सहकार्यमा जिल्ला मानव बेचबिखन तथा ओसार पसार नियन्त्रण समिति जिल्ला प्रशासन कार्यालय सिन्धुलीको आयोजनामा अन्तरक्रिया कार्यक्रम गरिएको हो ।
अन्तरक्रिया कार्यक्रममा नेपालमा मानव बेचविखन तथा ओसार पसारको अवस्था, समस्या र चुनौतीका बारेमा छलफल भएको थियो ।
कार्यक्रममा जिल्लाका स्थानिय तहका जनप्रतिनिधि,कर्मचारी, प्रहरी, मानव बेचबिखनविरुद्ध काम गर्ने विभिन्न संघसंस्था, पत्रकार लगाएको उपस्थिती रहेको थियो ।
हरिहरपुरगढी गाउँपालिकामा “मानव बेचविखन तथा ओसारपसारको अवस्था र नियन्त्रणको प्रयास “ बिषयक अन्तर्किया कार्यक्रम गरेर दिवस मनाइएको छ ।
विहान ¥याली निकालेर अन्तरक्रिया कार्यक्रम गरिएको गाउँपालिकाले जनाएको छ । कार्यक्रममा गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत दाताराम प्याकुरेल, कार्यपालिका सदस्यहरु, कर्मचारी, सुरक्षाकर्मि, शिक्षक, पत्रकार, बुद्दिजिवि, विद्यार्थी लगाएतको उपस्थिती रहेको थियो ।
मरिण गाउँपालिकामा पनि “मानव बेचविखन तथा ओसारपसारको अवस्था र नियन्त्रणको प्रयास “ बिषयक अन्तर्किया कार्यक्रम गरेर दिवस मनाइएको छ ।
गाउँपालिकाका अध्यक्ष विमर्स मुक्तानको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत ओम बहादुर दर्जी, ईलाका प्रहरी कार्यालय कपिलाकोटका प्रमुख धर्मराज खत्री, पार्टी प्रतिनिधिहरु, वडा अध्यक्षहरु, कार्यपालिका सदस्यहरु, विभिन्न संघ संस्थाका प्रतिनिधिहरु, महिला सञ्जालका प्रतिनिधिहरु लगायतको उपस्थिति रहेको थियो ।
मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण गर्ने उद्देश्यका साथ २०६४ सालदेखि नेपालले यो दिवस मनाउन थालिएको हो ।