
सिन्धुली, २२ माघ । सिन्धुलीमा पनि महिलाहरुको पाठेघरको मुखमा हुने क्यानसर विरुद्धको एच.पी.भी. खोप अभियान सुरु भएको छ ।
कमलामाई नगरपालिकामा जिल्ला समन्वय समिति सिन्धुलीका प्रमुख कारसाङ लामाले शिद्धस्थली बोर्डिङ स्कुलबाट खोप अभियानको उद्घाटन गर्नुभएको हो ।
अरु पालिकाहरुमा प्रमुख÷उपप्रमुख, अध्यक्ष÷उपाध्यक्षहरुले उद्घाटन गरेर खोप अभियानको सुरुवात गरिएको छ ।
सिन्धुलीका झन्डै १५ हजार बालिकाहरुलाई पाठेघरको मुखमा हुने क्यानसर विरुद्धको एच.पी.भी. खोप लगाईने छ । अभियानमा जिल्लाभरका नौ पालिकाको ६ कक्षा देखि १० कक्षा सम्म पढी रहेका १४ हजार ५ सय ५ जना बालिका तथा किशोरीहरुलाई पाठेघरको मुखमा हुने क्यानसर विरुद्धको एच.पी.भी. खोप लगाईने छ ।

विद्यालय नजाने १० देखि १४ बर्ष उमेर भित्रका १ सय १७ जनालाई पनि खोप लगाईने छ । सिन्धुलीमा माघ २२ गते देखि २८ गते सम्म खोप अभियान संचालन हुनेछ । जिल्लाका सामुदायिक तथा निजी विद्यालयहरुमा ३ सय ३ वटा खोप केन्द्रबाट बालिका तथा किशोरीहरुलाई खोप लगाईने जनस्वास्थ्य कार्यालय सिन्धुलीले जनाएको छ ।
खोप अभियानमा जिल्लाका २ सय २३ जना स्वास्थ्यकर्मी र ४ सय ६२ जना स्वयंमसेवक खटिएका जनस्वास्थ्य कार्यालय सिन्धुलीका खोप निरिक्षक पुष्पराज पन्तले जानकारी दिनुभयो ।
जिल्लाको कमलामाई नगरपालिकामा विद्यालय जाने ३ हजार ६ सय १७ जना र विद्यालय नजाने ४ जना बालिका तथा किशोरीहरुलाई पाठेघरको मुखमा हुने क्यानसर विरुद्धको एच.पी.भी. खोप लगाईनेछ । दुधौली नगरपालिकामा विद्यालय जाने २ हजार ९ सय ५९ जना र विद्यालय नजाने ३२ जना, तीनपाटन गाउँपालिकामा विद्यालय जाने १ हजार ५ सय ४५ जना र विद्यालय नजाने १० जनालाई खोप लगाईनेछ ।
फिक्कल गाउँपालिकामा विद्यालय जाने १ हजार १ सय ११ जना, गोलन्जोर गाउँपालिकामा विद्यालय जाने १ हजार ८२ जना र विद्यालय नजाने ३ जनालाई खोप लगाईनेछ । सुनकोशी गाउँपालिकामा विद्यालय जाने १ हजार ४५ जना, घ्याङलेख गाउँपालिकामा विद्यालय जाने ६ सय ९२ जना र विद्यालय नजाने ३७ जना, मरिण गाउँपालिकामा विद्यालय जाने १ हजार ४ सय ७७ जना र विद्यालय नजाने २ जना र हरिहरपुरगढी गाउँपालिकामा विद्यालय जाने ९ सय ७७ जना र विद्यालय नजाने २९ जनालाई खोप लगाईने खोप निरिक्षक पन्तले बताउनुभयो ।
खोप अभियान प्रत्येक पालिकाहरुको समन्वयमा पालिका प्रमुखहरुबाट सुरु गरिनेछ । कार्यक्रममा जिल्ला समन्वय समिति सिन्धुलीका प्रमुख कारसाङ लामा, प्रमुख जिल्ला अधिकारी लीला प्रसाद शर्माले महिलाहरुमा हुने पाठेघरको मुखको क्यानसर विरुद्धको एच.पी.भी. खोप निक्कै महत्वपूर्ण रहेकाले कोही पनि नछुट्ने गरी खोप लगाउनु पर्नेमा जोड दिनुभयो ।
महिलाहरुको पाठेघरको मुखमा हुने क्यान्सरसलाई पाठेघरको मुखको क्यान्सर भनिन्छ । पाठेघरको मुखको क्यान्सरबाट नेपालमा हरेक दिन ४ जना महिलाहरुको मृत्यु हुन्छ भन्ने अनुमान छ । एच.पी.भी. खोपले एच.पी.भी. संक्रमणबाट हुने पाठेघरको मुखको क्यान्सर हुनबाट बचाउछ ।