सिन्धुलीमा बनाइएका भ्यू टावर प्रयोगहीन, घ्याङलेखको भ्यु टावर बर्षौ देखि अलपत्र

सिन्धुली प्रेस
  • ख-
  • ख+

सिन्धुली, २२ असोज । पर्यटक आकर्षित गर्ने नाममा लाखौं रुपैयाँ खर्च गरेर सिन्धुलीमा बनाइएका भ्यू टावर प्रयोगहीन भएका छन् ।

सिन्धुलीको कमलामाई नगरपालिका, गोलन्जोर गाउँपालिका, फिक्कल गाउँपालिका र घ्याङलेख गाउँपालिकामा बनेका भ्यू टावर प्रयोगहीन भएका हुन् ।

कमलामाई नगरपालिका ४ च्याउँकोट डाडा, गोलन्जोरको गोलन्जोर डाडा, फिक्कलको फिक्कल डाडा र घ्याङलेख गाउँपालिकाको फाँपरचुलीमा भ्यू टावर बनाईएको छ ।

नगरपालिका तथा गाउँपालिकाहरुले करौडौं खर्च गरेर बनाएका भ्यू टावर सुनसान छन् । घ्याङलेख गाउँपालिकाले वडा नं. १ को फाँपरचुलीमा बनाएको भ्यू टावर अझै निर्माण सम्पन्न भएको छैन् ।

अघिल्लो पटकको स्थानिय तहको निर्वाचनबाट निर्वाचित जनप्रतिनिधि हुदै बनाउन सुरु गरिएको भ्यू टावर दोस्रो कार्यकालका जनप्रतिनिधिको दुई बर्ष लाग्दा समेत निर्माण सम्पन्न हुन सकेको छैन् ।

घ्याङलेख गाउँपालिका वडा नं. १ का वडा अध्यक्ष सोम बहादुर भोलन सुरुमा बनाएको प्राविधिक स्टमेट नै गलत भएकाले अहिले सम्म भ्यु टावर बन्न नसकेको बताउनुहुन्छ ।

त्यस्तै फिक्कल गाउँपालिका १ चनौटेमा बनेको फिक्कल भ्यु टावर पनि पर्यटक नपुग्दा सुनसान बनेको छ ।

भ्यु टावर निर्माण भए पनि त्यहाँ सम्म पुग्ने सडक राम्रो नहुदाँ भ्युटारमा पर्यटक आउन नसकेको फिक्कल गाउँपालिका वडा नं. १ का वडाअधयक्ष होम बहादुर सुनुवारले बताउनुभयो ।

राम्रो बाटो नहुदाँ सिन्धुलीमा बनेको सबै भ्यूटार सम्म पुग्न निक्कै कठिन रहेको छ ।

बाटो राम्रो नभएका ठाउँमा भ्यू टावर बनाएका कारणले पनि त्यहाँ पर्यटक घुम्न जान नसकेको स्थानियको भनाई सुनिन्छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि nepalibuddha09@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

छुटाउनुभयो कि ?