सिन्धुलीमा एसईईको उत्तरपुस्तिका परीक्षणको लागि शिक्षकहरुको आवेदन माग

सिन्धुली प्रेस
  • ख-
  • ख+

सिन्धुली, १९ बैशाख । सिन्धुलीमा माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८१ को उत्तरपुस्तिकाहरु परीक्षण, सम्परीक्षण गर्नका लागि इच्छुक शिक्षकहरुको निवेदन माग गरिएको छ ।

शिक्षा विकास तथा समन्वय इकाई सिन्धुलीले आज सुचना निकालेर एसईईको उत्तरपुस्तिकाहरु परीक्षण, सम्परीक्षण गर्नका लागि इच्छुक शिक्षकहरुलाई निवेदन सहित अनिवार्य अभिमुखीकरण कार्यक्रममा सहभागी हुन आग्रह गरेको हो ।
अभिमुखीकरण कार्यक्रममा सहभागी शिक्षकहरलाई मात्र एसईईको उत्तरपुस्तिकाहरु परीक्षण, सम्परीक्षण गर्न दिइने सुचनामा उल्लेख छ ।

इकाई प्रमुख मोहन बहादुर सनुवारले जारी गर्नुभएको सुचना अनुसार श्री गौमती मावि माढीबजार, सिन्धुलीमा यही बैशाख २२ गते विहान ११ बजे देखि अभिमुखीकरण कार्यक्रम संचालन हुनेछ ।

एसईईको उत्तरपुस्तिकाहरु परीक्षण, सम्परीक्षणका लागि सम्बधित विषयमा स्नातक तह वा सो सरह उत्तीर्ण गरेको प्रमाणपत्रको प्रतिलिपि,, कक्षा १० मा कम्तीमा पछिल्लो दुई शैक्षिक सत्र सम्बन्धित विषय अध्यापन गरिरहनुभएको भन्ने बेहोरा प्रमाणित विद्यालयको पत्र सहितको कागजात लिएर अभिमुखीकरण कार्यक्रम सहभागी हुन इकाईले शिक्षकहरुलाई आग्रह गरेको छ ।


विगतका वर्षहरुमा उत्तरपुस्तिका परीक्षण÷सम्परीक्षण गर्नुभएका शिक्षकहरुले समेत सो कागजातहरु सहित निवेदन पेश गर्नुपर्ने सुचनामा उल्लेख छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि nepalibuddha09@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्