
सिन्धुलीको मरिण गाउँपालिकाकाे वडा नम्बर ३ बरूणमा आज देखि गलैंचा बुनाई तालिम सुरू भएको छ । गृहणी महिला सशक्तिकरण कार्यक्रम अन्तरगत मरिण गाउँपालिकाकाे सहयोगमा अर्पण गरिबी निवारण काठमाडौंकाे आयोजनामा गलैंचा बुनाई तालिम सुरू भएको हाे ।
३ सय ९० कार्य घण्टा संचालन हुने तालिमकाे आज एक कार्यक्रमका बिच मरिण गाउँपालिकाका अध्यक्ष विमर्श मुक्तान, उपाध्यक्ष बिमला माझीले उद्घाटन गर्नुभएको हाे । तालिममा मरिण गाउँपालिका वडा नम्बर ३ काे भालुमारा र बरूणका ३४ जना गृहणी महिला दिदिबहिनीहरूकाे सहभागीता रहेकाे अर्पण गरिबी निवारणले जनाएको छ ।
तालिमको उद्घाटन कार्यक्रममा बाेल्दै मरिण गाउँपालिका अध्यक्ष विमर्श मुक्तान, उपाध्यक्ष बिमला माझी, वडा अध्यक्ष जीत बहादुर श्रेष्ठले गलैंचा बुनाई सीप सिकेर आत्मनिर्भर हुन सहभागी महिला दिदीबहिनीहरूलाई आग्रह गर्नुभयाे । छाेटाे अबधिकाे तालिमले सबै सीप सिक्न नसक्ने भएकोले आगामी बर्ष थप तालिमको व्यवस्था गरिने उहाँहरूकाे भनाई छ ।