सिन्धुलीको मरिण गाउँपालिकाको आज दोस्रो गाउँसभाको छैठौँ अधिवशेन सम्पन्न, कुल विनियोजित रकमको चालु तर्फ ४० प्रतिशत र पुँजीगत तर्फ २१ प्रतिशत खर्च ।।

सिन्धुली प्रेस
  • ख-
  • ख+


सिन्धुलीको मरिण गाउँपालिकाले आज दोस्रो गाउँसभाको छैठौँ अधिवशेन सम्पन्न गरेको छ । गाउँपालिका अध्यक्ष विमर्श मुक्तान(प्रख्यात)को अध्यक्षतामा भएको अधिवेशनमा उपाध्यक्ष बिमला माझीले चालु आर्थिक बर्ष २०८१÷०८२ को समिक्षासँगै संशोधित बजेट प्रस्तुत गर्नुभएको छ ।

अधिवेशनबाट गाउँपालिकाको आ.व २०८१÷०८२ को पुँजीगत तर्फको १४ लाख ७ हजार रुपैयाँ कटाएर चालुतर्फ थप गरी बजेट संशोधन गरिएको बताउनुभयो । मरिण गाउँपालिकाले गत असारको गाउँसभाबाट आ.व २०८१÷०८२ को लागि चालुगत तर्फ ४४ करोड ४८ लाख ६८ हजार ८ सय र पुँजीगत तर्फ १९ करोड ११ लाख ९५ हजार गरी कुल ६३ करोड ६० लाख ८ सय रुपैयाँ विनियोजन गरेको थियो ।

अधिवेशनबाट संशोधन सहित चालुगत तर्फ ४४ करोड ६२ लाख ७५ हजार ८ सय र पुँजीगत तर्फ १८ करोड ९७ लाख ८८ हजार रुपैयाँ गरी कुल ६३ करोड ६० लाख ८ सय रुपैयाँ प्रस्ताव गरेको छ । उपाध्यक्ष माझीले अधिवेशनमा प्रस्ताव गर्नुभएको संशोधित बजेट सभाका सदस्यहरुले बहुमतले पारित समेत गरेका छन् ।

उपाध्यक्ष माझीले गाउँपालिकाले चालु आर्थिक बर्षको खर्च भएको बजेट पनि सार्वजनिक गर्नुभएको छ । जस अनुसार क्ुल विनियोजित रकमको चालु तर्फ ४० प्रतिशत र पुँजीगत तर्फ २१ प्रतिशत खर्च भएको उपाध्यक्ष माझीले बताउनुभयो । विनियोजित रकम मध्ये चालु तर्फ रु. ७ करोड ७२ लाख ३५ हजार १ सय ९१, गाउँपालिका पुँजीगत तर्फ रु. २ करोड ४ लाख ९५ हजार ९ सय ४५ खर्च भएको गाउँपालिकाले जनाएको छ ।

सशर्त चालु तर्फ रु. १० करोड १३ लाख ५४ हजार ८ सय ९६ र सशर्त पूँजीगत तर्फ रु. १ करोड ८८ लाख ५३ हजार ९ सय ९८ रुपैयाँ खर्च भएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि nepalibuddha09@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्