सिन्धुलीको मरिणमा तेस्रो राष्ट्रिय माझी गोल्डकप फुटबल प्रतियोगिताको उद्घाटन

सिन्धुली प्रेस
  • ख-
  • ख+

सिन्धुली, १३ कार्तिक । सिन्धुलीको मरिण गाउँपालिकामा तेस्रो राष्ट्रिय माझी गोल्डकप फुटबल प्रतियोगिता सुरु भएको छ ।

आज आयोजित एक कार्यक्रमका बिच युवा तथा खेलकुद मन्त्री डिग बहादुर लिम्बुले प्रतियोगिताको उद्घाटन गर्नुभएको हो ।

नेपाल माझी उत्थान संघ जिल्ला कार्य समिति सिन्धुलीको आयोजनामा सुरु भएको प्रतियोगिता आगामी कार्तिक २१ गते सम्म चल्ने छ ।

माझी समुदायका युवा खेलाडीहरुको क्षमता विकासको लागि प्रतियोगिताको आयोजना गरिएको नेपाल माझी उत्थान संघ जिल्ला कार्य समिति सिन्धुलीले जनाएको छ ।

प्रतियोगितामा सिन्धुली सहित देशभरका २३ जिल्लाका माझी समुदायका युवा खेलाडीहरुले सहभागिता रहेको नेपाल माझी उत्थान संघ जिल्ला कार्य समिति सिन्धुलीका अध्यक्ष बबिन्द्रलाल माझीले बताउनुभयो ।

प्रतियोगिताको विजेता समूहले २ लाख ६५ हजार ५ सय ५५ रुपैयाँ नगद पुरस्कार सहित सिल्ड, मेडल र प्रमाण पत्र, प्राप्त गर्ने नेपाल माझी उत्थान संघ जिल्ला कार्य समिति सिन्धुलीका अध्यक्ष बबिन्द्रलाल माझीले बताउनुभयो ।

उप विजेताले १ लाख ३२ हजार २ सय २२ रुपैयाँ नगद पुरस्कार सहित सिल्ड, मेडल र प्रमाण पत्र र तेस्रो हुने समूहलाई ६६ हजार ६ सय ६६ रुपयाँ नगद पुरस्कार सहित सिल्ड, मेडल र प्रमाण पत्र दिइने अध्यक्ष माझीले जानकारी दिनुभयो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि nepalibuddha09@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्