सिन्धुलीको दुधौलीमा मोटरसाइकल र अटो ठोक्किँदा एक शिशुको मृत्यु

सिन्धुली प्रेस
  • ख-
  • ख+

सिन्धुली, १ असोज । सिन्धुलीमा मोटरसाइकल र अटो ठोक्किँदा शिशुको मृत्यु भएको छ।

आइतबार दिउँसो दुधौली नगरपालिका–२ बसनियास्थित सडकमा मोटरसाइकल र अटो ठोक्किँदा एक शिशुको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ।

स.९ प.३४ ८९ नम्बरको मोटरसाइकल र प्र.२–०२–००१ ह १८२८ नम्बरको अटो ठोक्किएको हो। अटोमा सवार दुधौली–३ झुगाँ बस्ने ३५ वर्षीया रविना धामीका १ महिने शिशुको उपचारको क्रममा मृत्यु भएको थियो।

साथै मोटरसाइकलमा सवार दुई जना र अटोमा सवार चार जना घाइते भएका थिए। ३ जनाको उपचारको लागि जिल्ला अस्पताल सिन्धुलीबाट काठमाडौंस्थित ट्रमा सेन्टरमा रिफर गरिएको छ। ३ जना उपचारपछि डिस्चार्ज भइसकेका छन्।

अटो चालक भने फरार भएका छन्। उनको खोजी गरिरहेको प्रहरीले जनाएको छ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि nepalibuddha09@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्