
सिन्धुली चैत १६ गते शनिबार। सिन्धुलीको तीनपाटन गाउँपालिका ७ तोश्रामखोलामा स्कूल ब्याग वितरण गरिएको छ ।। तीनपाटन गाउँपालिका वडा नं ७ का अध्यक्ष युवराज पहाडीको अध्यक्षता तथा कोबे इन्टरनेशनल एजुकेशन सेन्टरको शाखा प्रमुख इन्द्र श्रेष्ठ कोे प्रमुख आतिथ्यतामा मा ब्याग वितरण गरिएको छ।
श्री ध्रुवतारा आधारभूत विद्यालय तोश्रामखोलामा ४१ जना र श्री दिनदयाल आधारभूत विद्यालय सल्लेमा ३२ जना गरी जम्मा ७३ जनालाई आज एक कार्यक्रम गरी वितरण गरिएको हो । कार्यक्रममा बोल्दै कोबे इन्टरनेशनल एजुकेशन सेन्टरको शाखा प्रमुख इन्द्र श्रेष्ठ विद्यार्थीहरुलाई ब्याग वितरण गर्दा खुसी लागेको र बिद्यार्थीहरुलाई किताब कापी बोक्न सजिलो हुने साथै अझै सक्दो सहयोग गर्ने बताउनु भयो।
बिद्यार्थीहरुलाई केही आवश्यक परेमाआफैले सहयोग गर्ने वडा नं ७का वडा अध्यक्ष युवराज पहाडीले बताउनु भएको छ। कार्यक्रममा तीनपाटन गाउँपालिका वडा नं ७ को वडा अध्यक्ष युवराज पहाडी, कोबे इन्टरनेशनल एजुकेशन सेन्टरको शाखा प्रमुख इन्द्र श्रेष्ठ,श्री ध्रुवतारा आधारभूत विद्यालयको प्रधानध्यापक पारस काफ्ले,श्री दिनदयाल आधारभूत विद्यालयको प्रधानध्यापक लाला बहादुर पुलामी, विद्यालय व्यवस्थापन समितिका सदस्य हरु , शिक्षक, अभिभावक लगायतको उपस्थिति रहेको थियो।