
सिन्धुली, १५ चैत बिहिवार
सिन्धुलीको घ्याङ्लेख गाउँपालिका वडा नंं ५ मा रहेको स्वास्थ्य चौकी शान्तेश्वरीमा बिहिवार बर्थिङ सेन्टरको उदघाटन गरिएको छ । वडा नंं ५ का वडा अध्यक्ष ज्ञान बहादुर सिजालीको अध्यक्षता, घ्याङलेख गाउँपालिकाका उपाध्यक्ष शंकरमान घलानको प्रमुख अतिथ्यतामा बर्थिङ सेन्टरको उदघाटन गरिएको हो ।

लामो समय देखि घ्याङ्लेख गाउँपालिकामा बर्थिङ सेन्टर नहुँदा गाउँपालिका भित्र रहेका गर्भवति महिलाहरु सिन्धुली जिल्ला अस्पताल धाईरहनु पर्ने बाध्यता रहेको थियो । अब घ्याङ्लेख बासीलाई सुत्केरी गराउनको लागि टाढा जानुपर्ने बाध्यता हटेको घ्याङ्लेख गाउँपालिका उपाध्यक्ष शंकरमान घलानले बताउनुभयो ।