
सिन्धुलीको घ्याङलेख गाउँपालिका वडा नं. ४ को गोपेमा आज विहान करिव ५ बजेको समयमा बोलेरो गाडी दुर्घटना भएको छ । दुर्घटनामा एक जना यात्रु गम्भिर घाईते भएका छन् ।
दुर्घटनामा मरिण गाउँपालिका १ का प्रविन भ्लोन घाईते भएका मरिण गाउापालिका वडा नं. १ का वडा सदस्य युवराल गोलेले जानकारी दिनुभयो । घाईतेको उपचारको लागि धुलिखेल अस्पताल पठाईएको छ ।
गाडी रामपुर मधुवनी सिन्धुली रुटमा चल्दै आइको थियो । प्रदेश नं. ३– ०१०२३ च १७४५ नम्बरको बोलेरो गाडी आफै अनियन्त्रित भई सडकबाट करिब ७ सय मिटर तल खसेर दुर्घटना भएको वडा सदस्य गोलेको भनाई छ । गाडी पूर्णरुपमा क्षति भएको छ ।