सिन्धुलीको गोलन्जोर गाउँपालिकामा उपाध्यक्ष कप भलिबल प्रतियोगिता सम्पन्न ।।

सिन्धुली प्रेस
  • ख-
  • ख+


सिन्धुलीको गोलन्जोर गाउँपालिकामा उपाध्यक्ष कप भलिबल खेलकुद प्रतियोगिता सम्पन्न भएको छ।

उपाध्यक्ष कप भलिबल प्रतियोगिता खेलकुद विकास समिति गोलन्जोरका अध्यक्ष रन्जित देबकोटाको अध्यक्षता तथा गोलान्जोर गाउँपालिका अध्यक्ष शकर राज बरालको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो ।

प्रतियोगितामा गाेलन्जाेर गाउँपालिका वडा नं ५ को ए टीम प्रथम , वडा नं ७ को ए टीम द्वितीय र वडा नं ४ का टीम तृतीय भएको छ । प्रतियोगिताका विजेताहरूलाई क्रमश प्रथम पुरस्कार ५० हजार , द्वितीय ३० हजार र तृतीयलाई २० हजार नगद पुरस्कार सहित शिल्ड, मेडल र प्रमाण – पत्र वितरण गरिएको छ ।

आज समापन कार्यक्रममा गाेलन्जाेर पालिका अध्यक्ष शकर राज बराल र उपाध्यक्ष ज्वाला प्रसाद न्यौपानेले खेलाडीहरुलाई पुरस्कार वितरण गर्नुभएको हाे । चैत ३ र ४ गते भएको पालिका स्तरीय उपाध्यक्ष कप भलिबल प्रतियोगितामा ९ ओटा टीमले प्रतिस्पर्धा गरेका थियो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि nepalibuddha09@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

छुटाउनुभयो कि ?