
सिन्धुली चैत १४ गते बिहीबार।
सिन्धुलीको कमलामाई नगरपालिकाले विभिन्न कार्यक्रम गरेर २८ औँ स्थापना दिवस मनाएको छ । नगर प्रमुख उपेन्द्र पोखरेलको अध्यक्षता तथा प्रमुख जिल्ला अधिकारी लीला प्रसाद शर्माको प्रमुख आतिथ्यतामा एक समारोहका बिच स्थापना दिवस मनाईएकाे हाे ।
साविककाे भिमान गा.वि.स र सिद्धेश्वर गा.वि.सलाई मिलाएर २०५३ साल चैत १४ गतेका दिन कमलामाई नगरपालिकाको स्थापना गरिएको हाे । कार्यक्रमलाई सम्बाेधन गर्दै नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत विनोद भट्टराईले कमलामाई नगरपालिका विकासको मार्गमा निरन्तर आगडि बढिरहेको र स्थानिय सरकारका जनप्रतिनिधिहरु , कर्मचारीहरु लगायत सम्पूर्ण नागरिकहरमा विकास प्रतिको लगनशीलता प्रसंसनीय रहेको बताउनु भयो ।
ग्रामीण र सहरी तथा समथर र पहाडी भूभागलाई संयोजन गर्दै नागरिकका असीम आवश्यकता र चाहनालाई सम्बोधन गर्न ज्यादै चुनौतीपूर्ण रहेको समेत बताउनु भयो ।
यस नगरपालिकामा १४ वटा वडा,१८ हजार भन्दाबढी धरदुरी, ३९ हजारभन्दा बढी मतदाता र ७१हजार जनताहरु बसोबास गर्ने पालिका ४८२ किलो वर्ग मिटर क्षेत्रफल रहेको नगर उपप्रमुख मञ्जु देवकोटाले जानकारी दिनुभयो।
नगरपालिका सञ्चालन कार्यविधिमा ८७ वटा ऐन कानुन र नियमवालीहरु बनाई आगडि बढ्दै गएको र शिक्षा क्षेत्रमा धेरै विद्यालय निर्माण नगरी भएको विद्यालयमा बिद्यार्थीको संख्याको आधारमा, पढाइको आधारमा र जाँदा लाग्ने समयाको आधारमा विद्यालयलाई मर्च गरी गुणस्तर, व्यवस्थित , प्रविधिमैत्री, खेलमैत्री , सुविधा कक्षाकोठा र शुद्ध खाने पानी सहितको शैक्षिक सामग्री उपलब्ध गराउँदै १०३ विद्यालयलाई ८७ विद्यालय निर्माण गरेको समेत बताउनु भयो ।
स्वास्थ्य क्षेत्रलाई नजिकबाट सेवा दिनको लागि १-१४ वडा सम्म प्राथमिक उपचार सहितको सहरी स्वास्थ्य क्लिनीक शाखा सञ्चालन गरेको र हरेक वडामा एम्बुलेन्स उपलब्ध गराएको साथै पीडित र पछि परेका वर्गलाई निःशुल्क सेवा दिँदै आएको बताउनु भयो ।
त्यसै गरी युवा स्वरोजगारको लागि उद्योग शाखा साउण्ड शाखा र नगरपालिकाद्वारा स्वरोजगार कार्यक्रम सञ्चालन गर्दै आएको र पूर्वाधार क्षेत्रमा हरेक नागरिकको घर जाने सडक निर्माण गरिएको, कुनै सडक पिच गरेको र कुनै ठाउँमा ग्रविल र नाला सहितको सडक निर्माण गरेको साथै हरेक सार्वजनिक स्थलमा स्वच्छ खानेपानी व्यवस्था गर्न विभिन्न संघ संस्था हरु सँग समन्वय गरेको समेत बताउनु भयो । हामीले हरेक पालिकाहरुसँग समन्वय र साझेदारी गरेर काम गर्नु पर्ने प्रमुख प्रशासकीय अधिकारी लीला प्रसाद शर्माले बताउनुभयो।
पालिकाहरु बीच पाटनशिप गरेर विद्यालय, अस्पताल जस्ता अन्य पूर्वाधार निर्माण गर्न सकेमा समाजविकासमा टेवा पुग्ने समेत बताउनु भयो। साथै आहिले हासिल गरेको विकासको अवस्थालाई सन्तोष व्यक्त गर्दै आगाडि बढ्न आवश्यक रहेको समेत बताउनु भयो।
कार्यक्रममा बोल्दै नगर प्रमुख उपेन्द्र पोखरेलले नगरपालिकाको भोलिको भबिस्य सुन्दर र विकासको लागि नगरको आर्थिक वृद्धि अपरिहार्य रहेको बताएको छ। चियाबारी सुरुङ मार्ग निर्माण गरे काठमाडौं सम्मको दूरी कम र सुरक्षित हुने साथै सिन्धुली माडी देखि सिन्धुली गढी सम्मको क्षेत्रलाई व्यस्त व्यवयिक सडकबाट मुक्त गराएर इको ट्रबलको लागि सम्भविक गन्तव्यको रूपमा समेत स्थापित गर्न सक्ने बताउनु भयो ।
बास्तविक किसानको पहिचान गरी उनीहरुको परम्परागत कृषि ग्रामीणलाई आधुनिक पद्धति संग जोड्दै अनुदान र सौलियत मार्फत उपभोगी कृषि कर्मलाई ब्यबसायीक बनाउने सूचिकरणकाे उद्देश्य रहेको साथै भैंसी लाई खोरेत रोग विरुद्ध व्यक्सिन लगाउने समेत बताउनु भयो । कार्यक्रममा भलिबल, ब्याडमिन्टन , म्यूजिकल चियर, हाँडी फुटाई र विंगाे खेलमा जित हासिल गर्न सफल खेलाडीहरुलाई नगद सहित प्रमाण पत्र वितरण गरिएको छ ।
कार्यक्रममा नगर प्रमुख उपेन्द्र पोखरेल , उपप्रमुख मञ्जु देवकोटा, प्रमुख प्रशासकीय अधिकारी लीला प्रसाद शर्मा , प्रहरी उपरीक्षक गोविन्दराज काफ्ले, १४ वटै वडाका वडा अध्यक्ष, भवानी बक्सगणको प्रधान, पालिका प्रतिनिधि हरु र कर्मचारी हरु लगायतको उपस्थिति रहेको थियो ।