सिन्धुलीका नौ वटै स्थानिय तहहरुले ल्याए निति तथा कार्यक्रम र बजेट

सिन्धुली प्रेस
  • ख-
  • ख+

सिन्धुलीका सबै स्थानिय तहहरुले आगामी आर्थिक बर्ष २०८२÷०८३ को निति तथा कार्यक्रम र बजेट ल्याएका छन् । असार १० गते भित्र नै स्थानिय तहहरुले अनिवार्य निति तथा कार्यक्रम र बजेट सभामा पेश गर्नुपर्ने कानुनी प्रावधान रहेको छ ।

सिन्धुलीका नौ वटै स्थानिय तहहरुले कानुनी प्रावधान अनुसार असार १० गते भित्र निति तथा कार्यक्रम र बजेट ल्याएका हुन् ।
जिल्लाको सुनकोशी गाउँपालिकाले सबैभन्दा पहिला गएको असार १ गते निति तथा कार्यक्रम सार्वजनिक गरेको छ ।

गाउँपालिकाको दोस्रो गाँउसभाको १७ औं अधिबेशनको ३५ औं बैठकमा अध्यक्ष दिपा बोहोरा दाहालले निति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको हो ।
फिक्कल गाउँपालिकाले गएको असार ५ गते बिहीवार निति तथा कार्यक्रम ल्याएको हो । फिक्कल गाउँपालिकाले मंगलवार आगामी बर्षको लागि कुल ५५ करोड ५० लाख रुपैयाँको बजेट ल्याएको छ ।

कमलामाई नगरपालिकाले आर्थिक वर्ष २०८२÷८३ का लागि १ अर्ब २९ करोड ५९ लाख ४० हजार १६० रुपैयाँको बजेट ल्यएको छ ।
सिन्धुलीको मरिण गाउँपालिको कृषि, पर्यटन, रोजगार लगायतका क्षेत्रलाई प्राथमिकता दिँदै नीति तथा कार्यक्रम र बजेट सार्बजनिक गरेको छ ।मरिण गाउँपालिकाको दोस्रो गाउँ साभा तथा सातौं अधिवेशनमा सोमबार एकैसाथ नीति तथा कार्यक्रम र बजेट सार्वजनिक गरिएको हो ।
मरिण गाउँपालिकाकी उपाध्यक्ष बिमला माझीले आगामी आर्थिक वर्षका लागि ७६ करोड १३ लाख ७८ हजार ८ सय रुपैयाँको बजेट सार्वजनिक गरेकी हुन् ।हरिहरपुरगढी गाउँपालिकाले गएको असार ९ गते नीति तथा कार्यक्रमसँगै आगामी वर्षका लागि बजेट ल्याएको छ।
गाउँपालिकाले २१औं गाउँसभाको प्रथम बैठकमा आगामी आर्थिक वर्ष २०८२÷०८३ का लागि नीति तथा कार्यक्रम र बजेट एकैपटक सार्वजनिक गरेको हो । गाउँपालिकाका अध्यक्ष बज्रध्वज वाइबाले नीति तथा कार्यक्रम र उपाध्यक्ष चेखबहादुर थिङले आगामी आर्थिक वर्षका लागि ६१ कारोड १३ लाख लाख ५५ हजार ९ सय ३७ रुपैयाँ बराबरको बजेट सार्वजनिक गरेका हुन्।


गोलन्जोर गाउँपालिकाले आर्थिक वर्ष २०८२÷८३ को लागि ६२ करोड ५२ लाख २ हजार ३ सय १० रुपैयाँ बजेटसहित प्रस्तुत गर्दे उक्त पालिकाले आफ्नो नीति तथा कार्यक्रम सम्पन्न गरेको छ ।
गाउँपालिकाले यस वर्ष सामाजिक सुरक्षा, कृषि तथा पशुपालन, महिला र बालबालिका, विपद् व्यवस्थापन, खानेपानी, यातायात, सूचना प्रविधि, सरसफाइ, तथा पूर्वाधार विस्तारका कार्यक्रमहरूलाई प्राथमिकतामा राखिएको पालिका अध्यक्ष शंकरराज बरालले जानकारी दिनुभयो ।
त्यस्तै उपाध्यक्ष ज्वालाप्रसाद न्यौपाने (पुकार)ले बजेट प्रस्तुत गर्नु हुदैँ गाउँपालिकाले नीति तथा कार्यक्रम तर्जुमा गर्दा स्थानीय आवश्यकता, जनचासो र उपलब्ध स्रोत–साधनलाई केन्द्रमा राखेको जानकारी दिनुभयो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि nepalibuddha09@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्