संविधान दिवसको अवसरमा हरिहरपुरगढीमा नृत्य प्रतियोगिता

सिन्धुली प्रेस
  • ख-
  • ख+

सिन्धुली, ३ असोज ।
१० औं संविधान दिवस तथा राष्ट्रिय दिवसको अवसरमा हरिहरपुरगढी गाउँपालिकामा आज खुल्ला नृत्य प्रतियोगिता गरिएको छ। दिवसको अवसरमा आयोजना गरिएको प्रतियोगितामा हरिहरपुरगढी गाउँपालिका भित्रका ११ वटा विद्यालयका ६ देखि १० कक्षा सम्म पढ्दै गरेका विद्यार्थीहरूले भाग लिएका छन् ।

प्रतियोगिताको विजेता विद्यालयले १० हजार, उपविजेता विद्यालयले ७ हजार, तेस्रो हुने विद्यालयले ५ हजार र सानत्वना हुने विद्यालयले २ हजार रूपौयाँ नगद पुरस्कार सहित प्रमाण पत्र हात पार्ने हरिहरपुरगढी गाउँपालिका शिक्षा शाखा प्रमुख यम कुमार आछामीले जानकारी दिनुभयो ।

हरिहरपुरगढी गाउँपालिका अध्यक्ष बज्रध्वज वाईबाको अध्यक्षतामा भएको प्रतियोगितामा उपाध्यक्ष चेख बहादुर थिङ, प्रमुख प्रशासकीय अधिकृत दिपेन्द्र कुमार पैकरा, गाउँपालसका प्रवक्ता एवं ४ नम्बर वडाअध्यक्ष कमल कुमार राई, २ नम्बर वडा अध्यक्ष विश्व राई, ७ नम्बर वडा अध्यक्ष बिच बहादुर मोक्तान, विभिन्न राजनीति दलका नेता, विद्यालयका शिक्षक विद्यार्थी लगाएतको उपस्थिति रहेको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि nepalibuddha09@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्