मंसिर ५ सिन्धुली । सिन्धुलीमा फाेटाे पत्रकार समूह जिल्ला शाखा गठन गरिएको छ ।
आज सिन्धुलीमाढीमा मरिण गाउँपालिका अध्यक्ष विमर्श मुक्तान (प्रख्यात) काे प्रमुख आतिथ्यतामा भएकाे प्रथम जिल्ला भेलाले उद्वव कुमार श्रेष्ठकाे अध्यक्ष्यतामा ११ सदस्यीय जिल्ला शाखा गठन गरिएको हाे ।
जिल्ला शाखाको उपाध्यक्षमा पत्रकार बुद्ध नेपाली, सचिवमा राधिका बुढाथोकी, सहसचिवमा अशाेक काफ्ले (जे.पि.टी) काेषाध्यक्षमा कुमार दुलाल, सदस्यहरूमा गंगा विसङ्खे, दिलिप कुमार श्रेष्ठ, बिमला रजन मगर, पुनम सुनुवार, राजकुमार श्रेष्ठ र आस्था विश्वकर्मा रहेका छन् ।
भेलालाई सम्बाेधन गर्दै मरिण गाउँपालिका अध्यक्ष विमर्श मुक्तानले अहिलेकाे समयमा फाेटाे र भिडियो विनाकाे पत्रकारीता नुन नहालेकाे तरकारी जस्तो हुने बताउनुभयो । उहाँले सिन्धुलीको सञ्चारमाध्यम र सञ्चारकर्मीहरूलाई सकेकाे सहयोग गरिएको बताउदै आगामी दिनमा पनि सिन्धुलीकाे पत्रकारीताकाे विकासमा सधै सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयाे ।
कमलामाई नगरपालिका ६ नम्बर वडा अध्यक्ष उज्ज्वल कुमार थापाले आधुनिक प्रविधिका कारण पत्रकारीतामा धेरै सहजता ल्याए पनि केही विक्रिती बढाउदै लगेकाे बताउनुभयो ।
नेपाल रेडक्रस साेसाईटी सिन्धुलीका सभापति अशाेक श्रेष्ठले जिल्लामा अहिले पत्रकारलाई सम्मान र पुरस्कृत गर्ने चलन गराउदै गएकाे बताउदै बर्षमा एक पटक राम्रो काम गर्ने पत्रकारलाई सम्मान गर्ने वातावरण बनाएमा काम गर्न हाैसला मिल्ने बताउनुभयो ।
फाेटाे पत्रकार भेलामा नेपाल पत्रकार महासंघ सिन्धुलीका उपाध्यक्ष टिकाजंग थापा, प्रेस सन्टर नेपाल सिन्धुलीका अध्यक्ष नविन श्रेष्ठ, प्रेस यूनियन सिन्धुलीका अध्यक्ष बरूण लामिछाने लगाएतकाे उपस्थिती रहेकाे थियाे ।