
सिन्धुली, १६ फागुन । सिन्धुलीको कमलामई नगरपालिका ६ मा रहेको शिद्धस्थली इङलिस बोर्डिङ स्कुलको आज ३२ औँ अभिभावक दिवस तथा छैटौँ दिक्षान्त समारोह सम्पन्न भएको छ ।
विद्यालय सञ्चालक समितिका अध्यक्ष लक्ष्मी प्रधानको अध्यक्षता तथा कमलामाई नगरपालिकाका प्रमुख उपेन्द्र कुमार पोखरेलको प्रमुख आतिथ्यतामा दिक्षान्त कार्यक्रम गरिएको हो ।

दिक्षान्त कार्यक्रममा शिद्धस्थली इङलिस बोर्डिङ स्कुलमा एसकेजी सम्मको पढाई पुरा गरी कक्षा १ मा पुगेका ७४ जना विद्यार्थीहरुलाई दिक्षित गरिएको छ । कार्यक्रमको अवसरमा विद्यालयलले २ सय जना विद्यार्थीहरुलाई छात्रवृत्ति दिएको छ ।
कार्यक्रममा नेपाल आर्मीले विद्यालयमा अध्ययरत भुपु र वाहालवाला आर्मीहरुको ४२ जना छोराछोरीलाई जनही २० हजारका दरले आर्मी छात्रवृत्ति समेत वितरण गरेको छ ।
शिद्धस्थली इङलिस बोर्डिङ स्कुलमा अहिले १ हजार १ सय ३५ जना विद्यार्थीहरु पढी रहेका विद्यालयका प्रिन्सिपल ओम प्रधानले जानकारी दिनुभयो ।

कार्यक्रममा विशिष्ठ अतिथि दुधौली नगरपालीका प्रमुख दिनेश अधिकारी दुनुवार, अतिथि कमलामाई नगरपालीका वडा नम्वर ६ का अध्यक्ष उज्जवल थापा,शिक्षा समन्वय ईकाईका प्रमुख प्रमिला क्षेत्री,चेतना फाउन्डेशनका निर्देशक कमल सिलवाल लगाएतका अतिथिहरुको सहभागीता थियो ।