विद्यार्थीहरुले गित मार्फत जातीय विभेद् तथा छुवाछुत विरुद्ध सचेतना बढाए

सिन्धुली प्रेस
  • ख-
  • ख+

बुद्ध नेपाली

सिन्धुली, २१ जेठ ।

सुनकोशी गाउँपालिकाका विद्यार्थीहरुले गीत मार्फत जातीय भेदभाव तथा छुवाछुत विरुद्ध सचेतना बढाएका छन् । गाउँपालिकाले आज जातीय भेद्भाव तथा छुवाछुत उन्मुलन राष्ट्रिय दिवसको अवसरमा आयोजना गरेको गायन प्रतियोगिता मार्फत विद्यार्थीहरुले जातीय भेदभाव तथा छुवाछुत विरुद्ध सचेतना जगाएका हुन् ।

प्रतियोगितामा सहभागी विद्यार्थीहरुले जातीय भेदभाव तथा छुवाछुत विरुद्ध सचेतनामुलक गित तयार गरी आफ्नो गायनकला मार्फत प्रस्तुत गरेका थिए ।

विद्यार्थीहरुको कला,गला मार्फत समाजमा विद्यमान रहेको जातीय विभेद् तथा छुवाछुत विरुद्ध सचेतना बढाउने उदेश्यले आयोजना गरिएको प्रतिगियोगितामा सुनकोशी गाउँपालिका भित्रका २२ वटा मावि विद्यालयका विद्यार्थीहरुले भाग लिएका थिए ।

विद्यालयमा गठन गरिएको बाल क्लवबाट प्रतिनिधित्व गर्दै एकल तथा समुहमा विद्यार्थीहरुले आफ्नो गायनकला प्रस्तुत गरेका थिए । प्रतियोगितामाजातीय विभेद् तथा छुवाछुत विरुद्ध सचेतनामुलक शब्दलाई मिठासपूर्ण लयमा गायनकला प्रस्तुत गर्दै सुनकोशी गाउँपालिका २ मा रहेको आधारभुत विद्यालय खानीगाउँको कक्षा ७ मा अध्ययनरत, सिर्जनशिल बाल क्लवका सदस्य मनमाया स्योङतान प्रथम हुनुभएको छ ।

प्रतियोगितामा आधारभुत विद्यालय घ्याम्पाटारको नवप्रतिभा बाल क्लवको समुह द्धितिय, मावि गुठबजारको प्रतिभा बाल क्लवको समुह तृतिय, भुमेश्वर आधारभुत विद्यालयको नवप्रतिभा बाल क्लव र आधारभुत विद्यालय काशीखर्कको सिर्जनशिल बाल क्लवकाको समुहले सानत्वना स्थान जितेका छन् ।

प्रतियोगिताका विजेताहरुलाई क्रमश ७ हजार, ५ हजार, ३ हजार ५ सय र २ हजार ५ सय रुपैयाँ नगद सहित प्रमाण पत्र पुरस्कार दिईएको छ । विजयी विद्यार्थीहरुलाई प्रतिनिधिसभा सदस्य लेखनाथ दाहाल (राजन), सुनकोशी गाउँपालिका अध्यक्ष दिपा बोहोरा दाहाल, उपाध्यक्ष कपिल कुमार कोइराला लगाएतले पुरस्कार हस्तान्तरण गर्नुभएको हो ।

पुरस्कार वितरण गर्दै प्रतिनिधिसभा सदस्य दाहालले संविधानमा लेखिएको मौलिक हकहरुको पूर्ण लागू गरियो भने समाजमा कुनै सबै किसिमको भेदभाव हटेर जाने बताउनुभयो । सुनकोशी गाउँपालिका अध्यक्ष दिपा बोहोरा दाहालले जातीय भेदभाव तथा छुवाछुत मुक्त गाउँपालिका बनाउन सचेतनामुलक कार्यक्रमहरु संचालन गरिएको बताउनुभयो ।

गाउँपालिकाले भेद्भाव तथा छुवाछुट कम गराउनको लागि अन्तरजातीय विवाह गर्ने जोडीलाई नगद पुरस्कार सहित प्रोत्साहित गरिएको अध्यक्ष दाहालले बताउनुभयो ।

कार्यक्रममा सुनकोशी गाउँपालिका उपाध्यक्ष कपिल कुमार कोइराला, प्रमुख प्रशासकिय अधिकृत अर्जुन दर्जी, वडाअध्यक्षहरु, विभिन्न राजनितिक दलका प्रतिनिधिहरुले बोल्दै जातीय भेद्भाव तथा छुवाछुत कम गर्न सबैले व्यवहार परिवर्तन गर्नुपर्नेमा जोड दिएका छन् । कार्यक्रममा जातीय भेद्भाव तथा छुवाछुत विरुद्धको सचेतनामुलक नाटक समेत प्रस्तुत गरिएको थियो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि nepalibuddha09@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्