वडाको सेवा प्रवाह प्रविधिमैत्री बनाउन कर्मचारीलाई तालिम

सिन्धुली प्रेस
  • ख-
  • ख+

सिन्धुली, २६ बैशाख । सिन्धुली घ्याङलेख गाउँपालिकाले वडाको सेवा प्रवाहलाई प्रविधिमैत्री बनाउन कर्मचारीहरुलाई तालिम दिएको छ ।

गाउँपालिकाले तीन दिनको तालिम आयोजना गरेर वडाका सचिव, कम्प्युटर अपरेटर र विभिन्न शाखाका कर्मचारीहरुलाई कम्प्युटरमा सफ्टवयर चलाउन सिकाएको हो ।

वडा तथा गाउँपालिकाको सेवा प्रवाहमा कागजको प्रयोग कम गरी कम्प्युटर सफ्टवयर प्रणाली मार्फत प्रविधिमैत्री सेवा प्रवाह गर्ने उदेश्यले गाउँपालिकाले कर्मचारीहरुलाई तालिम दिएको हो ।

अब गाउँपालिकाको वडाको सबै सेवालाई प्रविधिमैत्री बनाइने घ्याङलेख गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दाताराम प्याकुरेलले बताउनुभयो । सुचना प्रविधिको प्रयोग गरेर गाउँपालिका र वडाको सेवा प्रवाहलाई चुस्तदुरुस्तसँगै छिटो, छरित्तो बनाउन यो तालिमले मद्धत पुग्ने उहाँको भनाई छ ।


तालिमको सहजीकरण बक्स बाईट आइएनजी प्रा।लिले गरेको थियो । कम्प्युटर सफ्टवयर मार्फत वडाको दैनिक दर्ता, चलानी, सिफारिस, योजना सम्झौता लगाएत गाउँपालिका र वडाको सबै सेवाहरु सजिलै गर्न सकिने बक्स बाईट आइएनजी प्रा।लिका निरोज भण्डारीले बताउनुभयो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि nepalibuddha09@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्