
कविराज वाईबा
सिन्धुली असार १५
सिन्धुलीको भिमानबाट लागू औषध सहित एकजना पक्राऊ परेका छन् । इलाका प्रहरी कार्यालय भिमान बाट खटिएको प्रहरी टोली र लागू औषध नियन्त्रण ब्युरोको संयुक्त टोलीले चेक जाँच गर्ने क्रममा जिल्ला मोरङ पोखरी नगरपालिका वडा नम्बर ४ बस्ने अन्दाजी वर्ष ४० को दुर्गाप्रसाद श्रेष्ठलाई नियन्त्रणमा लिएको हो ।
काठमाडौँबाट मोरङतर्फ गइरहेको बागमती प्रदेश ०३ – ००१ ख ३३६१ नम्बरको भ्यानलाई भिमान चेकपोइन्टमा चेक जाँच गर्दा लागू औषध टमाडोल सहित श्रेष्ठलाई नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय भिमानले जनाएको छ ।
जिल्ला अदालतबाट थुनामा राखी अनुसन्धान गर्न म्याद लिई अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय भिमानले जनाएको छ ।