रोशी खोला बाढी पिडितलाई सुनकोशी गाउँपालिकाको राहत

सिन्धुली प्रेस
  • ख-
  • ख+

सिन्धुली, १६ असोज । सिन्धुलीको सुनकोशी गाउँपालिकाले आज बाढी पिडित स्थानियबासीहरुलाई राहत वितरण गरेको छ ।

गएको असोज ११ र १२ गते परेको अविरल बर्षाको कारण रोशी खोला र सुनकोशी नदीमा आएको बाढीले घर खेत बगाएर पिडित भएका वडा नम्बर १ नेपालथोकका स्थानियबासीहरुलाई गाउँपालिले खाद्यान्नका सामाग्रीहरु राहत दिएको हो ।

बाढीले घरमा पुर्ण रुपमा क्षति भएका नेपालथोकका बाढी पिडित ५० घरधुरीलाई चामल, नुन,तेल सहित खाद्यान्नका सामानहरु वितरण गरिएको सुनकोशी गाउँपालिका अध्यक्ष दिपा बोहोरा दाहालले बताउनुभयो ।

बाढीले घर बगाएर बाँस बस्न समेत समस्या भएका डिडितहरुलाई एक÷एक थान त्रिपाल पनि वितरण गरिएको अध्यक्ष दाहालले बताउनुभयो ।

बाढी प्रभावित क्षेत्र नेपालथोक र मुल्कोटमा महिलाहरुले प्रयोग गर्ने सेनिटरी प्याड पनि वितरण गरिएको अध्यक्ष दाहालले बताउनुभयो । बाढीले सुनकोशी गाउँपालिकाको नेपालथोक क्षेत्रमा घर र खेतीयोग्य जमिनमा ठूलो क्षति गरेको छ ।

पहिलो चरणमा बाढीले घरसँगै अन्नपात समेत बगाएर खान र बस्न समस्या भएका बाढी पिडितहरुलाई राहत वितरण गरिएको सुनकोशी गाउँपालिका उपाध्यक्ष कपिल कुमार कोइरालाले बताउनुभयो ।

राहत वितरण कार्यक्रममा प्रतिनिधिसभा सदस्य लेखनाथ दाहाल(राजन), सुनकोशी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अर्जुन दर्जी लगाएतको उपस्थिती रहेको थियो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि nepalibuddha09@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्