राष्ट्रिय स्वतन्त्र पार्टी तीनपाटन गाउँपालिका सिन्धुलीको वडा भेला सम्पन्न

सिन्धुली प्रेस
  • ख-
  • ख+

राष्ट्रिय स्वतन्त्र पार्टी तीनपाटन गाउँपालिका सिन्धुलीको वडा भेला सम्पन्न भएको छ । सोमबार तीनपाटन गाउँपालिकाको चकमके बजारमा पालिकाको ११ वटै वडाको संयुक्त वडा भेला सम्पन्न भएको हो ।

वडा भेलामा वडा पदाधिकारी चयन सँगै पार्टी सुदृढीकरणको विषयमा छलफल भएको रास्वपाको काठमाडौँ तीनपाटन सम्पर्क मञ्चका सभापति निसान बुढाथोकीले जानकारी दिनु भएको छ । साथै भेला मार्फत पार्टीको आगामी रणनीति तथा कार्य योजनामा समेत छलफल भएको बुढाथोकीले बताउनु भयो ।

वडा भेला राष्ट्रिय स्वतन्त्र पार्टी तीनपाटन गाउँपालिका सिन्धुलीका सभापति धिरेन तामाङको सभापतित्वमा सम्पन्न भएको हो । भेला कार्यक्रममा पार्टीका क्षेत्रीय सभापति धनेन्द्र कार्की, क्षेत्रीय सदस्य पुष्प बहादुर तामाङ, काठमाडौँ तीनपाटन सम्पर्क मञ्चका सभापति निसान बुढाथोकी, रास्वपाका दुधौली नगरपालिका सभापति विजय कार्की लगायत रास्वपाका तीनपाटन गाउँपालिका पदाधिकारी लगायत पालिकाको बुद्धिजीवी, समाजसेवी, व्यवसायी तथा युवाहरूको उपस्थिति रहेको थियो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि nepalibuddha09@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

छुटाउनुभयो कि ?