
सिन्धुलीमाढी सकारात्मक यौनिकता शिक्षाबारेमा नागरिक समाज सञ्जाल र सञ्चारकर्मीहरुसँग सम्वाद गरिएको छ । प्लान इन्टरनेशलको साझेदारी, नागरिक समाज सञ्जालको समन्वय र हेन्ड्स नेपाल, सिन्धुलीको आयोजनामा सम्वाद गरिएको हो ।
प्रशिक्षक विनोद प्रसाद शर्माले सहजीकरण गर्नुभएको सम्वाद कार्यक्रममा समग्र यौनिकता शिक्षाको बारेमा छलफल भएको थियो । यौनिकता भनेको मानिसको यौन र यौनिक पहिचान, आस्थाहरू, अनुभव र व्यवहारसँग सम्बन्धित पक्षहरूलाई समेट्छ । यसले यौन शिक्षा, यौनिक अधिकार र यौन स्वास्थ्यको समग्र परिप्रेक्ष्यलाई समावेश गर्दछ ।
यौनिकता शिक्षाको प्रभावकारीता बढाउन सञ्चारकर्मी, नागरिक समाज सञ्जालका सदस्यहरु र किशोरीहरु बिच सम्बाद गराईएको हो । सम्वादका क्रममा समाजमा यौनिकता शिक्षाका बारेमा व्यापक जानकारी गराउनु सञ्चार माध्यम, घर परिवार, समाज सबै पक्ष लाग्नुपर्ने निष्कर्ष निकालिएको छ ।