मावि मरिण हायुटारले आफ्नो ६२ औं वार्षिकोत्सब तथा अभिभावक दिवस मनायो

विर्ख बहादुर वाईबा
  • ख-
  • ख+

माघ २७, घ्याङलेख सिन्धुली
सिन्धुलीको घ्याङलेख गाउँपालिका वडा नम्बर २ मा रहेको श्री माध्यमिक विद्यालय मरिण हायुटारले शनिवार आफ्नो ६२ औं वार्षिकोत्सब तथा अभिभावक दिवस मनाएको छ ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष जनक कुमार स्याङतानको अध्यक्षता तथा घ्याङलेख गाउँपालिकाका अध्यक्ष जगत बहादुर भोलनको प्रमुख आतिथ्यतामा विद्यालयले बार्षिक उत्सव तथा अभिभावक दिवस मनाएको हो ।

दिवसको अवसरमा आयोजित कार्यक्रममा घ्याङलेख गाउँपालिकाका उपाध्यक्ष शंकर मान घलान, वडा नम्बर २ का वडा अध्यक्ष रोशन कुमार भ्लोन, पूर्व विद्यार्थी समाजका तदर्थ समितिका अध्यक्ष दिनेश कुमार लो, उपाध्यक्ष सुवास वाइबा, सचिव प्रमिला वाइबा लगायत विद्यार्थी,शक्षिक र अभिभावकहरुको उपस्थिति रहेको थियो ।

कार्यक्रममा बोल्नुहुँदै गाउँपालिका अध्यक्ष जगत बहादुर भोलनले पछिल्लो समय विद्यार्थीहरुले मोबाइल फोन, सामाजिक सञ्जाल अत्याधिक रुपमा प्रयोग गर्दा पढाईको स्तर खस्कदै गएको बताउनुभयो ।

उहाँले आफ्ना बालबच्चा फेल भएपछि पढाई विग्रियो भनेर शिक्षकलाई मात्रै दोष नलगाई अभिभावक आफैले पनि बालबच्चाको पढाईमा ध्यान दिनुपर्ने बताउनुभयो । कार्यक्रममा बोल्नुहुँदै गाउँपालिकाका उपाध्यक्ष शंकरमान घलानले मावि हायूटारको जग्गा व्यक्तिको र व्यक्तिको जग्गा विद्यालयमा परेकोले विद्यालयको जग्गा विवाद बढ्दै गएको बताउनुभयो ।

उहाँले मन्त्रालय स्तरबाट मात्रै विद्यालयको जग्गा विवाद समाधान हुन सक्ने भएकाले त्यसको पहल गर्ने बताउनुभयो । कार्यक्रममा बोल्नुहुँदै प्रधानाध्यापक विजय कुमार थिङले ३५ वर्ष देखि निरन्तर यसै विद्यालयको प्रगतिको लागी जीवन समर्पण गर्दै आएको बताउनुभयो ।

उहाँले बालबालिकाहरुलाई शिक्षा सँगसँगै संस्कारको पनि विकास गर्दै लानुपर्ने बताउनुभयो ।

कार्यक्रममा गाउँपालिकाको आर्थिक सहयोगमा विपन्न भएका विद्यार्थीहरुलाई झोला वितरण गर्नुका साथै विभिन्न विधाको पुरस्कार वितरण गरी विद्यार्थीहरुलाई सम्मान गरिएको थियो ।

दिवसको अवसरमा विद्यार्थीहरुले विभिन्न नृत्य, जनचेतनामूलक नाटक, सांगीतिक प्रस्तुति आदि प्रस्तुत गरेका थिए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि nepalibuddha09@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्