मावि मरिण खयरसालका विद्यार्थीहरूमा अनौठो समस्या देखियो ।

सिन्धुली प्रेस
  • ख-
  • ख+


सिन्धुली, २८ जेठ । सिन्धुलीको मरिण गाउँपालिका ४ मा रहेको माध्यमिक विद्यालय मरिण खयरसालका विद्यार्थीहरूमा अनौठो समस्या देखिएको छ । विद्यालयका छात्रा विद्यार्थीहरूमा अचानक बर्बराउने, रूने, चिच्याउने, उफ्रिने लगाएतका अनौठो समस्या देखिएको विद्यालयले जनाएको छ ।

गएको सोमवार एकैपटक २१ जना छात्रा विद्यार्थीहरूमा यस्तो समस्या देखिएको विद्यालयका सहायक प्रधानाध्यापक लवाङदोर्जे थिङले जानकारी दिनुभयो । गए सोमवार यतादेखि दैनिक ४र५ जना छात्रामा अनौठो समस्या देखिएको सहायक प्रअ थिङले बताउनुभयो । विद्यार्थीहरूमा यस्तो अनौठो समस्या देखिए पछि मरिण गाउँपालिका जनप्रतिनिधिहरू, स्वास्थ्यकर्मीहरू, विद्यार्थी र शिक्षकहरू सहित समस्या समाधानको बारेमा छलफल भएको सहायक प्रअ थिङले बताउनुभयो ।

स्वास्थ्यकर्मिले यो अतिहाल्नु पर्ने समस्या नभएकोले नआतिन सुझाव दिएका सहायक प्रअ थिङको भनाइ छ । तर दैनिक रूपमा छात्राहरूमा समस्या देखिए पछि अब के गर्ने भन्ने बारेमा छलफल गर्नुपर्ने उहाँको भनाइ छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि nepalibuddha09@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्