माओवादी केन्द्र हरिहरपुरगढी गाउँ कमिटीको अध्यक्षमा ठाडा, काेषाध्यक्षमा घलान विजयी

सिन्धुली प्रेस
  • ख-
  • ख+

सिन्धुली, १९ पुष । नेकपा(माओवादी केन्द्र) हरिहरपुरगढी गाउँपालिका कमिटीको अध्यक्षमा जित बहादुर ठाडा(अजित) निर्वाचित हुनु भएको छ ।

आज भएकाे दाेस्राे गाउँ अधिवेशनमा कुल मत ९१ मत ल्याएर ठाडा अध्यक्षमा विजयी हुनु भएको हाे । उहाँका निकटतम प्रतिद्वन्द्वी बिल बम्जनले ६३ मत ल्याउनु भएकाे छ ।

काेषाध्यक्षमा रमेश घलान (कार्साङ) ११४ मत सहित विजयी हुनु भएको छ ।

उहाँका निकटतम प्रतिद्वन्द्वी बाबुलाल भाेलनले ३९ मत प्राप्त गर्नुभएको छ । अधिवेशनबाट यी दुई पद बाहेककाे अन्य पदाधिकारी भने सर्वसम्मत निर्वाचित भएका छन् ।

कमिटीकाे बरिष्ठ उपाध्यक्षमा अनिता राई, उपाध्यक्षहरूमा बिच बहादुर माेक्तान, एक बहादुर माेक्तान, सचिवमा माेहनकाजी विश्वकर्मा र सहसचिवमा धन बहादुर माेक्तान भने सर्वसम्मत निर्वाचित भएका माओवादी केन्द्र सिन्धुलीका ईन्चार्ज बुद्धिमान माझीले बताउनुभयो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि nepalibuddha09@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्