सिन्धुली, १९ पुष । नेकपा(माओवादी केन्द्र) हरिहरपुरगढी गाउँपालिका कमिटीको अध्यक्ष र काेषाध्यक्ष पदमा निर्वाचन भएकाे छ ।
आज भएकाे हरिहरपुरगढी गाउँ कमिटीकाे दाेस्राे अधिवेशनमा अध्यक्ष पदमा बिल बहादुर बम्जन र जित बहादुर ठाडा(अजित) बिच प्रतिस्पर्धा भएको छ । काेषाध्यक्षमा रमेश घलान र बाबुलाल भाेलन बिच प्रतिस्पर्धा भएकाे छ ।
यी दुवै पदमा सहमति नभए पछि मतदान भईरहेकाे माओवादी केन्द्र सिन्धुलीका ईन्चार्ज बुद्धिमान माझीले जानकारी दिनुभयो ।
कमिटीकाे बरिष्ठ उपाध्यक्षमा अनिता राई, उपाध्यक्षहरूमा बिच बहादुर माेक्तान, एक बहादुर माेक्तान, सचिवमा माेहनकाजी विश्वकर्मा र सहसचिवमा धन बहादुर माेक्तान भने सर्वसम्मत निर्वािचत भएका ईन्चार्ज माझीले बताउनुभयो ।
वडाहरूबाट छनाेट भएर आएका १९० जना अधिवेशन प्रतिनिहरूले मतदान गर्ने छन् ।