
सिन्धुली, ११ फागुन । नेकपा( माओवादी केन्द्र ) जिल्ला समन्वय समिति सिन्धुलीका सदस्य उपेन्द्र काेईरालाकाे जीउज्यानकाे सुरक्षाकाे माग गरिएको छ ।
माओवादी केन्द्र सिन्धुलीका संयाेजक पानीराज बम्जन र ईन्जार्ज बुद्धिमान माझी (बसन्त ) ले संयुक्तरूपमा प्रेस विज्ञप्ति निकालेर काेईरालाकाे जिउज्यानकाे सुरक्षाको माग गरिएको हाे ।
गएकाे फागुन ८ गते बिहिवार दिउँसो सवा तीन बजे सुनकाेशी १ र२ काे सिमानामा पर्ने भेडेखाेला खाेल्सामा साेही गाउँपालिका २ का हिरा बहादुर हायुकाे निर्देशन र नेतृत्वमा कान्छा हायुले काेईराला माथि अपहरण शैलीमा देव्रे कुमकाे पाखुरामा खुकुरी गरि सांघातिक आक्रमण गरि घाईते बनाएका थिए ।
उनीहरूले १५ लाख रूपैयाँ मागी बार्गेनिङ गरि आक्रमण गरि घाईते बनाएका र ८ लाख नदिए ज्यान मार्ने धम्की दिएको विज्ञप्तिमा उल्लेख छ ।
पार्टीले विज्ञप्ति मार्फत घटना प्रति खेद व्यक्त गर्दै अपराधीक गतिविधि गर्ने समुहलाई नियन्त्रणमा लिई कानुनी कार्वाही गर्न प्रहरी प्रशासनसँग जाेडदार माग गरेकाे छ ।