
सिन्धुली, २८ पुष । नेकपा (माओवादी केन्द्र) सिन्धुलीको पालिका अधिवेशन धमाधम भईरहेको छ । नौ पालिका रहेको जिल्लामा पार्टीले हाल सम्म ६ वटा पालिकाको अधिवेशन गरेर नयाँ कमिटि गठन गरीसकेको छ ।
अहिले सम्म जिल्लाको घ्याङलेख, मरिण, हरिहरपुरगढी, सुनकोशी, गोलन्जोर र फिक्कल गाउँपालिकामा अधिवेशन सकिएको छ । अब तीन पालिकाहरु कमलामाई, दुधौली नगरपालिका र तीनपाटन गाउँपालिकाको मात्रै अधिवेशन हुन बाँकी रहेको पार्टीले जनाएको छ ।
तीनपाटन गाउँपालिकाको आगामी माघ ५ र ६ गते, दुधौली नगरपालिकाको माघ ६ र ८ गते, कमलामाई नगरपालिकाको माघ १८ र १९ गते अधिवेशन तय भएको माओवादी केन्द्र सिन्धुलीका सचिव दिल बहादुर विक (विनोद)ले जानकारी दिनुभयो ।
अधिवेशन सकिएको पाँच पालिकाहरुमा सर्वसम्मत नेतृत्व चयन गरिएको थियो । हरिहरपुरगढी गाउँपालिकामा निर्वाचत मार्फत नेतृत्व चुनिएको छ ।
घ्याङलेख गाउँपालिकामा चक्र बहादुर पाख्रिनको अध्यक्षतामा ४२ सदस्यीय नयाँ गाउँ कमिटि गठन गरिएको छ । मरिण गाउँपालिकामा सर्वसम्मत काजीमान थिङको अध्यक्षतामा नयाँ गाउँ कमिटि गठन गरिएको छ । गाउँकमिटिको सचिव भने चयन हुन बाँकी रहेको छ ।
हरिहरपुरगढीमा जित बहादुर ठाडा मगर(अजित) को अध्यक्षतामा नयाँ गाउँकमिटि बनेको छ । हरिहरपुरगढीमा सहमती नभए पछि निर्वाचन प्रक्रियाबाट अध्यक्ष र कोषाध्यक्ष निर्वाचित गरिएको हो ।
सुनकोशी गाउँपालिकामा नेत्र रानाको अ्रध्यक्षतामा नयाँ कमिटि गठन हुदाँ गोलन्जोर गाउँपालिकामा भने अध्यक्षमा सर्वसम्मत पुनः रोशन श्रेष्ठ चयन भएका छन् ।
फिक्कल गाउँपालिकामा सुक्र बहादुर सुनुवारको अध्यक्षतामा नयाँ गाउँकमिटि गठन गरिएको छ ।