सिन्धुली, १६ पुष । नेकपा(माओवादी केन्द्र) मरिण गाउँपालिका कमिटिको अधिवेशन भोली देखि सुरु हुदैछ ।
यही पुष १७ र १८ गते हुने मरिण गाउँ कमिटिको दोस्रो गाउँ अधिवेशनलाई पुर्वसभामुख तथा माओवादी केन्द्रका उपाध्यक्ष एवं बागमती प्रदेश इन्चार्ज अग्नि प्रसाद सापकोटाले उद्घाटन गर्ने कार्यक्रम रहेको छ । अधिवेशनले मरिण गाउँपालिका कमिटिको नयाँ नेतृत्व चयन गर्नेछ ।
अधिवेशनमा सकभर सहमतीमा पदाधिकारीहरु चयन गर्ने प्रयास भइरहेको बताईएको छ । माओावादी केन्द्र मरिणको पार्टी सदस्य संख्या कुल २ हजार ६ सय ४३ जना रहेको छ ।
अधिवेशनको लागि २ सय ८६ जना प्रतिनिधि छनोट भएका माओवादी केन्द्र मरिण गाउँ कमिटिका अध्यक्ष काजीमान थिङले जानकारी दिनुभयो ।
अधिवेशनको लागि गाउँपालिकाको सात वटा वडाहरुबाट १ सय ३२ जना, पार्टीबाट निर्वाचित जनप्रतिनिधिहरु ३३ जना, १५ वटा जनबर्गिय संगठनबाट ७५ जना, गाउँ कमिटिका सम्मानित सल्लाहकार २६ जना, मरिण – काठमाडौँ सम्पर्क समितिबाट ६ जना र मनोनितबाट १४ जना गरी २ सय ८६ जना प्रतिनिधि छनोट भएका छन् ।
सहमतीमा कमिटिको नयाँ नेतृत्व चयन हुन नसकेमा छनोट भएका प्रतिनिधिहरुले मतदान गरेर नेतृत्व चयन गर्नेछन् ।