सिन्धुली, ५ पुष । सिन्धुलीको मरिण गाउँपालिकाले सामुदायिक विद्यालयहरुमा भोली सार्वजनिक विदा दिएको छ ।
गाउँपालिकाले आज एक सुचना निकाले चौथो मरिण महोत्सवको उद्घाटन कार्यक्रम हेर्नको भोली एक दिनको लागि सामुदायिक विद्यालयहरुमा विदा दिएको जनाएको हो ।
महोत्सव उद्घाटन समारोहलाई सन्देशमूलक एवं जानकारीमूलक बनाई सभ्य, भव्य तथा मर्यादीत बनाउन सबै शिक्षक र विद्यार्थीहरुलाई उपस्थित गराउन बर्षे विदाबाट काट्टा हुने गरी हिजो बुधवार बसेको गाउँकार्यपालिका बैठकले एक दिन सार्वजनिक विदा दिने निर्णय गरेको सुचनामा उल्लेख छ ।
कृषि, पर्यटन प्रवर्द्धनको लागि सिन्धुली उद्योग वाणिज्य संघ मरिण शाखाको आयोजना तथा मरिण गाउँपालिकाको आर्थिक सहयोगमा चौथो मरिण महोत्सव भोली देखि सुरु हुदैछ ।