महिलाहरुको लागि सिलाई कटाई तालिम सुरु

सिन्धुली प्रेस
  • ख-
  • ख+

सिन्धुली, २४ चैत । सिन्धुलीको मरिण गाउँपालिकामा ३ महिने सिलाई कटाई तालिम सुरु भएको छ ।

मरिण गाउँपालिकाको आर्थिक सहयोग तथा महादेवस्थान सामुदायिक सिकाई केन्द्रको आयोजनामा महिलाहरुको लागि ३ महिने सिलाई कटाई तालिम सुरु भएको हो ।

महादेवस्थान सामुदायिक सिकाई केन्द्रको आज आयोजित १२ औँ बार्षिक साधारणसभाको अवसरमा मरिण गाउँपालिका अध्यक्ष विमर्श मुक्तानले तालिमको उद्घाटन गर्नुभएको हो ।

सिलाई कटाई सम्बन्धि १ तहको तालिममा मरिण गाउँपालिका वडा नंम्बर ५ का ३ जना र वडा नम्बर ७ का ४ जना गरी ७ जना महिला सहभागी रहेका वडा नम्बर ७ का वडाअध्यक्ष चन्द्र बहादुर थिङले जानकारी दिनुभयो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि nepalibuddha09@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्