मरिण गाउँपालिका स्तरीय वक्तृत्वकला प्रतियोगिता सम्पन्न

सिन्धुली प्रेस
  • ख-
  • ख+

सिन्धुली, २ असोज । सिन्धुलीको मरिण गाउँपालिकामा “प्राविधिक शिक्षा आजको आवश्यकता“ विषयमा आयोजित गाउँपालिका स्तरीय वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ ।

राष्ट्रिय शिक्षा दिवसको अवसरमा मरिण गाउँपालिकाले आयोजना गरेको प्रतियोगितामा माध्यमिक विद्यालय कार्तिकेका निशा यस्माली प्रथम भएकीछिन् ।

गौरीशंकर माध्यमिक विद्यालय जयमंगलबाट मिन बहादुर घिसिङ द्धितीय, कपिलाकोट माध्यमिक विद्यालय छापकी पूर्णीमा धामी तृतीय र माध्यमिक विद्यालय ठुलीदमारका नवराज बम्जन सान्त्वना विजयी भएका छन् ।

प्रतियोगितामा प्रथम, द्धितीय, तृतीय र सान्त्वना स्थान जित्ने विद्यार्थीहरुले क्रमश ३ हजार ५ सय, ३ हजार, २ हजार ५ सय र २ हजार नगद पुरस्कार पाएका छन् ।

९ माध्यमिक विद्यालयका ९ जना छात्रछात्रा प्रतियोगितामा सहभागी भएका थिए ।

मरिण गाउँपालिकाका अध्यक्ष विमर्श मोक्तानको अध्यक्षतामा भएको कार्यक्रममा प्रतिनिधिसभा सदस्य लेखनाथ दाहाल(राजन) लगाएतको उपस्थिती रहेको थियो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि nepalibuddha09@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

छुटाउनुभयो कि ?