मरिण गाउँपालिका स्तरीय विभिन्न जातिय मोर्चाहरुको नयाँ कार्यसमिति गठन ।

सिन्धुली प्रेस
  • ख-
  • ख+

सिन्धुली, २० असोज । मरिण गाउँपालिका स्तरीय विभिन्न जातिय मोर्चाहरुको प्रथम अधिवेशन आज सम्पन्न भएको छ ।

माओवादी केन्द्र निकट तामाङ राष्ट्रिय मुक्तिमोर्चा नेपाल, मगर राष्ट्रिय मुक्ति मोर्चा नेपाल, माझी राष्ट्रिय मुक्ति मोर्चा नेपाल, नेवा राष्ट्रिय मुक्ति मोर्चा नेपाल र आदिवासी जनजाती संयुक्त मोर्चा, नेपालको मरिण गाउँपालिका स्तरीय प्रथम अधिवेशन सम्पन्न भएको हो ।

अधिवेशनले सबै मोर्चाहरुको नयाँ कार्यसमिति गठन गरेको छ ।

जित बहादुर वाईबाको अध्यक्षतामा तामाङ राष्ट्रिय मुक्ति मोर्चा नेपाल, पदम बहादुर लुङ्गेलीको अध्यक्षतामा मगर राष्ट्रिय मुक्ति मोर्चा नेपाल, दिलिप माझीको अध्यक्षतामा माझी राष्ट्रिय मुक्ति मोर्चा नेपाल, भेषराज श्रेष्ठको अध्यक्षतामा नेवा राष्ट्रिय मुक्ति मोर्चा नेपाल र प्रचार सिँङ बम्जनको अध्यक्षतामा आदिवासी जनजाती संयुक्त मोर्चा, नेपालको मरिण गाउँपालिका स्तरीय नयाँ कार्य समिति गठन भएको माओवादी केन्द्र मरिण गाउँकमिटिका अध्यक्ष काजीमान थिङले जानकारी दिनुभयो ।

अधिवेशनलाई प्रतिनिधिसभा सदस्य सुर्यमान दोङ तामाङले प्रमुख अतिथिको रुपमा सम्बोधन गर्नुभएको छ ।

मरिण गाउँपालिका ६ नयाँबस्ती कृषी हाटबजारमा भएको कार्यक्रममा नेकपा माओवादी केन्द्रका विभिन्न तहका नेताहरुको उपस्थिती रहेको थियो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि nepalibuddha09@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

छुटाउनुभयो कि ?