
सिन्धुली, १९ असोज । मरिण गाउँपालिका स्तरीय विभिन्न जातिय मोर्चाहरुको प्रथम अधिवेशन भोली हुने भएको छ ।
माओवादी केन्द्र निकट तामाङ राष्ट्रिय मुक्तिमोर्चा नेपाल, मगर राष्ट्रिय मुक्ति मोर्चा नेपाल, माझी राष्ट्रिय मुक्ति मोर्चा नेपाल, नेवा राष्ट्रिय मुक्ति मोर्चा नेपाल र आदिवासी जनजाती महासघ नेपालको मरिण गाउँपालिका स्तरीय प्रथम अधिवेशन हुन लागेको हो ।
अधिवेशनलाई प्रतिनिधिसभा सदस्य सुर्यमान दोङ तामाङले प्रमुख अतिथिको रुपमा सम्बोधन गर्ने कार्यक्रम रहेको माओवादी केन्द्र मरिण गाउँकमिटिका अध्यक्ष काजीमान थिङले जानकारी दिनुभयो ।
मरिण गाउँपालिका ६ नयाँबस्ती कृषी हाटबजारमा विहान ११ बजे देखि कार्यक्रम हुने बताईएको छ ।
अधिवेशनबाट सबै मोर्चाहरुको नयाँ कार्यसमिति गठन हुने अध्यक्ष थिङले बताउनुभयो ।