सिन्धुली, २५ पुष । सिन्धुलीकाे मरिण गाउँपालिका वडा नम्बर ३ काे नवनिर्मित कार्यालय भवन उद्घाटन गरिएको छ ।
आज एक कार्यक्रमका बिच प्रतिनिधिसभा सदस्य लेखनाथ दाहाल(राजन)ले नवनिर्मित वडा कार्यालय भवनकाे उद्घाटन गर्नुभएकाे हाे ।
कुल ८७ लाख १५ हजार ४८८ रुपैयाँ लागतमा साढे दुई तलाको वडा कार्यालय भवन निर्माणको ठेक्का एल.एस. कन्ट्रक्सन मन्थली, रामेछापले पाएको थियाे । वडा कार्यालय भवन नहुदाँ यस अघि भाडाकाे घरबाट सेवा प्रवाह हुदै आएकाे थियो ।
नयाँ भवन बनेपछि स्थानीय नागरिकलाई सेवा प्रवाह गर्न सहज हुनुका साथै भाडा बापतकाे खर्च बचत समेत भएको छ ।
नवनिर्मित भवन उद्घाटन गर्दै प्रतिनिधिसभा सदस्य दाहालले सुविधा सम्पन्न भवनबाट नागरिकलाई छिटो, छरितो र प्रभावकारी सेवा दिन वडाका जनप्रतिनिधि र कर्मचारीलाई आग्रह गर्नुभएको ।
मरिण गाउँपालिका अध्यक्ष विमर्श मुक्तानले आफ्नै वडा कार्यालय भएपछि सेवा प्रवाहमा सहजता हुने बताउनुभयो । उहाँले वडा नम्बर ३, ५ र ७ मा वडा कार्यालय निर्माण सम्पन्न भएकाे र वडा नम्बर १ काे निर्माण कार्य सुरू भईसकेकाे जानकारी दिनुभएको ।
भवन उद्घाटन कार्यक्रममा नेकपा माओवादी केन्द्र मरिण गाउँ कमिटी अध्यक्ष काजीमान थिङ, प्रमुख प्रशासकीय अधिकृत विकास सुन्दास, वडा अध्यक्षहरू लगाएतकाे उपस्थिति रहेकाे थियाे ।