मरिण गाउँपालिकालाई अनिवार्य तथा निःशुल्क शिक्षा लागु भएको स्थानिय तह घोषणा गरिदै

सिन्धुली प्रेस
  • ख-
  • ख+

सिन्धुली, २१ चैत । सिन्धुलीको मरिण गाउँपालिकामा अनिवार्य तथा निःशुल्क शिक्षा लागु भएको स्थानिय तह घोषणा अनुदान कार्यक्रम कार्यान्वयनको सन्दर्भमा आज गाउँपालिका स्तरीय अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ ।

मरिण गाउँपालिकाले माध्यमिक तह सम्मको पढाईलाई अनिवार्य र निःशुल्क बनाउन पेश गरेको प्रस्तावना अनुसार बागमती प्रदेशको सामाजिक विकास मन्त्रालय, शिक्षा विकास निर्देशनालयबाट प्राप्त भएको अनुदान लागु गर्ने बारेमा अभिमुखीकरण कार्यक्रम भएको हो ।

बागमती प्रदेश सरकार सामाजिक विकास मन्त्रालय र मरिण गाउँपालिका बीच भएको सम्झौता अनुसार मरिण गाउँपालिकालाई अनिवार्य तथा निःशुल्क शिक्षा कार्यक्रम कार्यान्वयन भएको पालिका घोषणा गरिने छ ।

आगामी असारमा मरिण गाउँपालिकालाई अनिवार्य तथा निःशुल्क शिक्षा कार्यक्रम कार्यान्वयन भएको पालिका घोषणा गरिने जनाइएको छ ।

मरिण गाउँपालिकाले विगत पाँच बर्ष देखि माध्यमिक तह सम्मको पढाईलाई निःशुल्क बनाउन विद्यालयहरुलाई अनुदान दिदै आएको छ । तर विद्यालयहरुले व्यवहारिक रुपमा विभिन्न शिर्षकमा शुल्क लिदै आएका छन् ।

गाउँपालिकामा असारमा अनिवार्य तथा निःशुल्क शिक्षा कार्यक्रम कार्यान्वयन भए पछि साउन देखि भने कुनै पनि शिर्षकमा शुल्क लिन नपाईने मरिण गाउँपालिकाका शिक्षा शाखा प्रमुख नवराज बरालले बताउनुभयो ।

मन्त्रालयले अनिवार्य तथा निःशुल्क शिक्षा कार्यक्रम कार्यान्वयन गर्न ४० लाख ५० हजार रुपैयाँ अनुदान उपलब्ध गराएको शिक्षा शाखा प्रमुख बरालले बताउनुभयो ।

यो कार्यक्रम अन्तर्गत मरिण गाउँपालिका क्षेत्रभित्रका ४ देखि १३ वर्षका बालबालिकालाई विद्यालय वा वैकल्पिक शैक्षिक संस्थामा भर्ना गराइ नियमित गर्ने र आधारभूत तहको अध्ययन अनिवार्य पूरा गर्ने व्यवस्था मिलाउने, समुदायमा आधारित सिकाई केन्द्र र सामुदायिक विद्यालयहरुका प्रारम्भिक वालविकास शिक्षकहरु मन्टेश्वरी तालिम प्राप्त गराई ७ वटा समुदायमा आधारित सिकाइ केन्द्र र ४८ वटा सामुदायिक विद्यालयहरुमा कक्षा ३ सम्मका वालवालिकाहरुलाई लक्षित गरी वालमैत्री शिक्षण सामग्री तथा कक्षाकोठा व्यवस्थापन गरिने गाउँपालिकाले छ ।

कार्यक्रममा मरिण गाउँपालिका अध्यक्ष विमर्श मुक्तान, उपाध्यक्ष विमला माझी, प्रमुख प्रशासकिय अधिकृत ओम बहादुर दर्जी, वडाअध्यक्षहरु लगाएतका सरोकारवाला व्यक्तिहरुको उपस्थिती रहेको थियो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि nepalibuddha09@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्