मरिण गाउँपालिकामा सामाजिक सुरक्षा भत्ता वितरण तथा जेष्ठ नागरिकहरूको लागि स्वास्थ्य परीक्षण घुम्ती शिविर आज देखि सुरू

सिन्धुली प्रेस
  • ख-
  • ख+

सिन्धुलीको मरिण गाउँपालिकामा सामाजिक सुरक्षा भत्ता वितरण तथा जेष्ठ नागरिकहरूको लागि स्वास्थ्य परीक्षण घुम्ती शिविर आज देखि सुरू भएको छ ।

गाउँपालिकाकाे सात वटै वडामा हुने कार्यक्रम वडा नम्बर १ काे खलंगाबाट सुरू भएको हाे । नागरिकलाई घरदैलोमा नै सेवा र स्वास्थ्य उपचार उपलब्ध गराउने उदेश्यले गाउँपालिकाले याे कार्यक्रम आयाेजना गरेकाे हाे ।

आज वडा नम्बर १ मा आर्थिक बर्ष २०८१/०८२ को तेस्रो त्रैमासिक सामाजिक सुरक्षा भत्ता १ सय ५१ जनालाई  वितरण गरिएको छ । ५३ जना जेष्ठ नागरिकको नि: शुल्क स्वास्थ्य परीक्षण गरिएको छ । विगतमा छापमा रहेकाे राष्ट्रिय बाणिज्य बैंक सम्म पुगेर भत्ता लिदै आएका जेष्ठ नागरिकहरू अहिले वडा कार्यालमै भत्ता पाए पछि समयकाे बचतसँगै दुख पनि कम भएको भन्दै खुसी भएका छन् । 

नेपाल सरकारले बैंकमा अनिवार्य आफै उपस्थित भए पछि मात्रै सामाजिक सुरक्षा भत्ता दिने नियम लगाएपछि प्रत्येक पटककाे भत्ता लिन लाभग्राही बैंक धाउनुपर्ने बाध्यता थियोे । साेही बाध्यता अन्त्य गर्न मरिण गाउँपालिकाले केही बर्ष यता देखि बैंकिङ सिस्टमै वडा कार्यालयबाट सबै किसिमको भत्ता वितरण गर्दै आएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि nepalibuddha09@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्