मरिण गाउँपालिकामा शनिबार न्याय,समानता र अधिकारको लागि नागरिक अभियान कार्यक्रम सम्पन्न

सिन्धुली प्रेस
  • ख-
  • ख+

मरिण गाउँपालिकामा आज न्याय,समानता र अधिकारकाे लागि नागरिक अभियान कार्यक्रम सम्पन्न भएको छ । मरिण गाउँपालिकाकाे आर्थिक सहयोग तथा मरिण दलित एकता संघकाे आयाेजनामा भएको कार्यक्रममा दलित अधिकारका बिषयमा छलफल भएको थियो । 

कार्यक्रमलाई सम्बाेधन गर्दै मरिण गाउँपालिका अध्यक्ष विमर्श मुक्तान (प्रख्यात ) ले दलित समुदायको हक, अधिकार सुनिश्चित गराउन स्थानीय सरकारले थुप्रै कार्यक्रम गरिएको बताउनुभयो । पालिकाका दलित समुदायको अवस्था कस्तो छ भनेर वास्तव तथ्यांक निकाल्न दलित प्राेफाईल बनाउने प्रक्रिया सुरू गरिएको उहाँले बताउनुभयो ।

कार्यक्रमलाई सम्बाेधन गर्दै लेखक/विश्लेषक विश्वभक्त दुलाल (आहुती) ले वर्तमान संविधानमा उल्लेख दलितकाे हक अधिकार अझै पर्याप्त नरहेको बताउनुभयो ।

संविधानमा उल्लेख कतिपय हक अधिकार छुट्टै कानुन बनाएर लागू गर्ने भए पनि सरकारले समयमा कानुन नबनाउँदा दलितहरू हक, अधिकारबाट बन्चित हुनु परेकाे बताउनुभयो ।

मरिण गाउँपालिका उपाध्यक्ष बिमला माझीले दलित समुदायको हक,अधिकारकाे लागि सबै दलितहरू एकजुट हुनुपर्ने बताउनुभयो । कार्यक्रमकाे अवसरमा स्नातक तह देखि माथिल्लो तह उत्तीर्ण २२ जना दलित समुदायका युवाहरूलाई सम्मान पत्र समेत दिईएकाे छ ।

कार्यक्रममा मरिण गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत विकास सुन्दास, विभिन्न वडाका वडाअध्यक्षहरू, दलित समुदायका अगुवाहरू र सबै वडाहरूबाट दलित समुदायका नागरिकहरूकाे उपस्थिती रहेको थियो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि nepalibuddha09@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्