मरिण गाउँपालिकामा पहिलो चौमासिकमा १५ प्रतिशत बजेट खर्च

सिन्धुली प्रेस
  • ख-
  • ख+

सिन्धुली, ३ मंसिर । चालू आर्थिक वर्ष २०८१÷८२ को पहिलो चौमासिकमा मरिण गाउँपालिकाको १५ प्रतिशत बजेट खर्च भएको छ ।

चालू आर्थिक वर्षका लागि मरिण गाउँपालिकाले कुल ६३ करोड ६० लाख ६३ हजार रुपैयाँ बराबरको बजेट ल्याएको थियो ।

चालु आर्थिक बर्षको कात्तिक मसान्तसम्ममा चालुगत तर्फ २० प्रतिशत र पुँजीगततर्फ ३ दशमलब ३६ प्रतिशत मात्रै बजेट खर्च भएको छ ।

गाउँपालिकाले चालु आर्थिक वर्ष २०८१÷८२ को लागि पालिका तर्फ चालु खर्च १९ करोड ८२ लाख १५ हजार ८ सय र पुँजीगत खर्च १२ करोड ६३ लाख ३५ हजार बजेट विनियोजन गरेको थियो ।

संघीय सरकार सशर्त अनुदान तर्फ चालु तर्फ २२ करोड ०३ लाख ६६ हजार, पुँजीगत तर्फ २ करोड ३० लाख, विशेष अनुदान तर्फ १ करोड ४० लाख बजेट विनियोजन भएको मरिण गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत विकास सुन्दासले जानकारी दिनुभयो ।

प्रदेश सरकार सशर्त अनुदानको चालु तर्र्फ १ करोड ३४ लाख ८७ हजार, पुँजीगत तर्फ १ करोड २६ लाख ६० हजार, समपुरक अनुदान तर्फ २ करोड र विशेष अनुदान तर्फ ८० लाख गरी कुल वजेट ६३ करोड ६० लाख ६३ हजार ८ सय बजेट विनियोजन भएको थियो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि nepalibuddha09@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्