मरिण गाउँपालिकामा किसानलाई पाडा वितरण

सिन्धुली प्रेस
  • ख-
  • ख+

सिन्धुुली चैत १९ गते मंगलबार ।
सिन्धुलीको मरिण गाउँपालिकाले किसानलाई भैँसीको पाडा वितरण गरेको छ । गाउँपालिकाको आर्थिक बर्ष २०८१÷०८२ को स्वीकृत मासुका लागि पाडा प्रबद्र्धन कार्यक्रम अन्तर्गत किसानलाई पाडा वितरण गरिएको हो ।

मरिण गाउँपालिका वडा नम्बर ४ का १० घर परिपवारलाई दुई÷दुई वटाका दरले पाडा वितरण गरिएको छ । मंगलवार (आज) एक कार्यक्रमका बिच मरिण गाउँपालिका अध्यक्ष विमर्श मुक्तान (प्रख्यात)ले किसानहरुलाई पाडा हस्तान्तरण गर्नुभएको हो ।

पाडा वितरण पछि बोल्दै गाउँपालिकाका अध्यक्ष मुक्तानले किसानलाई आत्मनिर्भर हुनको लागि राँगा पालनमा प्रेरित गर्न पाडा वितरण गरिएको बताउनुभयो । भैसीको मासु कटिङका लागि मरिण गाउँपालिका ४ नम्बर वडाकै साहानमा चाईनिज कम्पनीले मासु कटिङ उद्योग स्थापना गर्ने प्रक्रिया सुरु भएको उहाँले बताउनुभयो ।

नेपाल र चिन बिच भएको सम्झौता बमोजिम नेपालको भैँसीको मासु चिन पठाउन साहानमा कटिङ हुने उहाँको भनाई छ । मासु चिन निर्यात हुने भएकाले मरिणमा राँगा भैसीको पालनलाई बढाउनुृपर्ने उहाँले बताउनुभयो । मासु कटिङ उद्योग तयार भएपछि राँगाभैसी पालेर किसानहरुले आयआर्जन गर्ने बाटो खुल्ने उहाँले बताउनुभयो ।

कार्यक्रममा गाउँपालिकाका उपाध्यक्ष विमला माझी, प्रमुख प्रशासकीय अधिकृत विकास सुन्दास, वडा अध्यक्ष जित बहादुर काल्तान, लेखा शाखा प्रमुख सन्जित बुढाथोकी लगायतको उपस्थिति रहेको थियो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि nepalibuddha09@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

छुटाउनुभयो कि ?