मरिण गाउँपालिकामा आज ४३औं मगर दिवस मनाईयाे ।

सिन्धुली प्रेस
  • ख-
  • ख+

मरिण, १५ फागुन । सिन्धुलीको मरिण गाउँपालिकामा आज ४३औं मगर दिवस मनाईएकाे छ । दिवसकाे अवसरमा नेपाल मगर संघ,मरिण गाउँपालिका समितिले शुभकामना आदानप्रदान कार्यक्रम आयाेजना गरेकाे छ । नेपाल मगर संघ,मरिण गाउँपालिका समितिका अध्यक्ष रमेश बहादुर पुलामीकाे अध्यक्षता तथा केन्द्रीय समितिका सहअध्यक्ष गंगा खासु मगरकाे प्रमुख आतिथ्यतामा शुभकामना आदानप्रदान कार्यक्रम गरिएको हाे । कार्यक्रमलाई सम्बाेधन गर्दाै नेपाल मगर संघका सहअध्यक्ष गंगा खासु मगरले आफ्नो पहिचान संरक्षणमा मगर समुदाय जागरूक हुनुपर्ने बताउनुभयो । मरिण गाउँपालिका अध्यक्ष विमर्श मुक्तानले मगर समुदायको भाषा,धर्म संस्कृतिकाे संरक्षण र विकासमा पालिकाले आवश्यक पहल गरि रहेको बताउनुभयो । कार्यक्रम नेपाल मगर संघ सिन्धुलीका अध्यक्ष चुल बहादुर पुलामी,माओवादी केन्द्र मरिण गाउँपालिका समितिका अध्यक्ष काजीमान थिङ, नेपाली काग्रेस मरिण गाउँपालिका समितिका सभापति राम बहादुर वाईबा, एमाले मरिण गाउँपालिका समितिका सचिव कुमार थाङवाल लगाएतले मगर दिवसको अवसरमा शुभकामना दिनुभएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि nepalibuddha09@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

छुटाउनुभयो कि ?