मरिण गाउँपालिकाको अनुदानमा व्यवसायीहरूलाई प्रविधि हस्तान्तरण

सिन्धुली प्रेस
  • ख-
  • ख+

कविराज वाईबा

मरिण / मरिण गाउँपालिकाका  व्यवसायहरुलाई आज एक कार्यक्रमका विच  प्रविधि हस्तान्तरण गरिएको छ । मरिण गाउँपालिकाको आयोजनामा गरिबी निवारणका लागि सञ्चालित लघु उद्यम विकास कार्यक्रमअन्तर्गत पुराना तथा निरन्तर व्यवसाय सञ्चालन गर्दै आएका उद्यमी र व्यवसायीहरूलाई उपयुक्त प्रविधि हस्तान्तरण गरिएको हो ।

उद्यमीहरूलाई लक्षित गर्दै गाउँपालिकाको ७० प्रतिशत अर्थात ३ लाख ७१ हजार लागत र व्यवसायीको ३० प्रतिशत साझेदारीमा उद्यमी र व्यवसायीहरूलाई  प्रविधि हस्तान्तरण गरिएको गाउँपालिकाले जनाएको छ ।

कार्यक्रम वडा नं १, ३, ४, ६ र ७ का उद्यमीहरूलाई हाते ट्र्याक्टर, कम्बाइन राइस मिल, मकै छोड्ने मेसिन, प्लास्टिक टनेल मरिण गाउँपालिकाका अध्यक्ष विमर्श मुक्तान (प्रख्यात )ले हस्तान्तरण गर्नु भएको हो । कार्यक्रममा  प्रमुख प्रशासकीय अधिकृत विकास सुन्दास, भिविन्न वडाका वडाअध्यक्षहरु, पालिका कर्मचारीहरू, व्यवसायीहरु लगायतको उपस्थिति रहेको थियो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि nepalibuddha09@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्