
सिन्धुली, १० चैत ।
सिन्धुलीको मरिण गाउँपालिकामा पालिका स्तरिय प्रारम्भिक बालविकास रणनीति निर्माण सम्बन्धी कार्यशाला कार्यक्रम सम्पन्न भएको छ ।
प्लान इन्टरनेसनलको साझेदारी, ह्याण्डस् नेपाल सिन्धुलीको सहकार्यमा मरिण गाउँपालिकाले दुई दिने कार्यशाला कार्यक्रमको आयोजना गरेको हो । कार्यशालामा मरिण गाउँपालिकाको प्रारम्भिक बालविकास रणनीति निर्माणका लागि आवश्यक सुझाव, सल्लाह संकलन गरिने छ ।
कार्यशालाको सहजिकरण सेतो गुराँस राष्ट्रिय बालविकास सेवा संस्थाका बरिष्ट तालिम अधिकृत रमा थपलियाले गर्नु भएको छ । कार्यशाला कार्यक्रमको उद्घाटन गर्दै मरिण गाउँपालिका अध्यक्ष विमर्श मुक्तान प्रख्यातले मरिण गाउँपालिका स्तरीय एकिकृत प्रारम्भिक वालविकाश रणनिति निर्माण गरि कार्यान्वयनमा ल्याउने बताउनुभएको छ ।
कार्यक्रममा मरिण गाउँपालिका उपाध्यक्ष विमला माझी, प्रमुख प्रशासकिय अघिकृत विकास सुन्दास, सातै वडाका वडा अध्यक्षहरु, कार्यापालिका सदस्यहरु लगाएतको उपस्थिति रहेको थियो ।