
सिन्धुली, २० फागुन ।
नेकपा (माओवादी केन्द)्र मरिण गाउँपालिका समितिले जनयुद्धका सहिद तथा बेपत्ता योद्धाहरुको परिवारलाईसम्मान गरेको छ ।
आज नेकपा (माओवादी केन्द)्र मरिण गाउँपालिका समितिले पार्टी कार्यालय भवन निर्माण गर्न थालेको ठाउँ वडा नम्बर ६ छापमा आयोजित एक कार्यक्रमका बिच जनयुद्धका सहिद तथा बेपत्ता परिवारलाई दोसल्ला ओढाएर सम्मान गरिएको हो ।
नेकपा (माओवादी केन्द)्र ले संचालन गरेको जनयुद्धकाक्रममा मरिण गाउँपालिकाबाट मात्रै ५७ जना सहिद भएका छन् । कार्यक्रममा उपस्थित भएका सहिदका परिवारहरुलाई माओवादी केन्द्र सिन्धुलीका इन्चार्ज बुद्धिमान माझी(बसन्त), संयोजक पानीराज बम्जन, संविधानसभा सदस्य तुल बहादुर माझी, मरिण गाउँकमिटिका इन्चार्ज पदम अस्थानी मगर, मरिण गाउँपालिका अध्यक्ष विमर्श मुक्तान(प्रख्यात) लगाएतले दोसल्ला ओढाएर सम्मान गर्नुभएको छ ।
सहिदहरुको त्याग, बलिदान उच्च सम्मान गर्न र उनीहरुको सपनालाई पुरा गर्न पार्टी सधैँ कठिबन्ध रहेको छ भन्ने प्रतिबद्धता गर्दै परिवारलाई सम्मान गरिएको पार्टीले जनाएको छ । माओवादी केन्द्र मरिण गाउँसमितिका अध्यक्ष काजीमान थिङको अध्यक्षतामा भएको कार्यक्रममा माओवादी केन्द्र मरिण गाउँसमितिको पार्टी कार्यालय भवन निर्माणको लागि सहयोग संकलन अभियान पनि सुरु गरिएको छ ।
अभियानको पहिलो दिन लाखौँ रुपैयाँ सहयोग संकलन भएको अध्यक्ष काजीमान थिङले बताउनुभयो । कार्यक्रममा सहिद तथा बेपत्ता योद्धाका परिवार, पार्टीको विभिन्न तहका नेता कार्यकर्ताहरुको उपस्थिती रहेको थियो ।