भिरबाट लडेर मरिण गाउँपालिकामा एक पुरुषको मृत्यु

सिन्धुली प्रेस
  • ख-
  • ख+

बुद्ध नेपाली
सिन्धुली, २ असार । सिन्धुलीको मरिण गाउँपालिकामा भिरबाट लडेर एक जना पुरुषको मृत्यु भएको छ । गएको शुक्रवार जगंलमा जडिबुटी खोज्न गएका मरिण गाउँपालिका २ कटनडाँडाका ५८ बर्षिया टेक बहादुर दंगाल भिरबाट लडेर मृत्यु भएको हो ।

जडिबुटी खोज्न भनी घरबाट हिडेका दंगाल बेलुका घर नफर्किए पछि शनिवार आफन्त र छिमेकीहरुले खोजी गर्दा घर भन्दा ७ किलोमिटर पुर्व मुंग्रेशिर भिर खोँचमा मृत अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि nepalibuddha09@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

छुटाउनुभयो कि ?