बालविवाह अन्त्यको लागि प्यानल छलफल

सिन्धुली प्रेस
  • ख-
  • ख+

सिन्धुलीमाढीमा बालविवाह अन्त्यको लागि प्यानल छलफल गरिएको छ । प्लान इन्टरनेशनलको सहयोगमा जनजाति समाज विकास कार्यक्रम जिएसडिपीले किशोरी सम्मेलन सहित प्यानल छलफलको आयोजना गरेको हो ।

प्यानल छलफलमा वक्ताको रुपमा बागमती प्रदेशसभा सदस्य सुष्पा भुजेल, जिल्ला समन्वय समिति सिन्धुलीका प्रमुख कारसाङ लामा, उपप्रमुख शान्ता कार्की, स्वस्तिका बख्र्रेल र जिल्लाका ६ पालिकाहरुबाट किशोरीहरु सहभागी थिए ।

प्यानल छलफलमा वक्ताको रुपमा सहभागीहरुलाई किशोरीहरुले जिल्लामा बालविवाह बढ्नुको कारण, बालविवाह अन्त्य गर्न स्थानिय सरकारहरुले गरेको प्रयास, युवाहरु लक्षित निति तथा कार्यक्रमका बारेमा प्रश्न साधेका थिए ।

किशोरीहरुले सोधेको प्रश्न, जिज्ञासाहरु सम्बोधन गर्दै बागमती प्रदेशसभा सदस्य सुष्पा भुजेल, जिल्ला समन्वय समिति सिन्धुलीका प्रमुख कारसाङ लामा, उपप्रमुख शान्ता कार्की, स्वस्तिका बख्र्रेलले बाल विवाह अन्त्यको लागि सबै पक्ष जिम्मेवार हुनुपर्ने धारणा राख्नुभएको छ ।

किशोरी सम्मेलनमा बालविवाह अन्त्यको लागि सरोकारवालाहरुले हस्ताक्षर गरेर प्रतिबद्धता समेत जनाएका छन् ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि nepalibuddha09@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्