
सिन्धुली, ३० चैत । सिन्धुलीको मरिण गाउँपालिका १ मा आज देखि बाटेको धुपी तथा कपासबाट बनेको बत्ति बनाउने सम्बन्धी सीपमूलक तालिम सुरु भएको छ ।
वडाका अपाङ्गता भएका व्यक्तिहरूको आर्थिक सशक्तिकरण गर्ने उदेश्यले तालिमको आयोजना गरिएको हो ।
मरिण गाउंपालिका वडा नं. १. सिन्धुली आर्थिक सहयोगमा आदिवासी जनजाति अपाङ्ग संघ,सिन्धुलीले आयोजना गरेको तालिम आगामी बैशाख ५ गते सम्म चल्ने छ ।
तालिममा मरिण गाउँपालिका १ का अपाङ्गता भएका व्यक्तिहरूको सहभागीता रहेको आदिवासी जनजाति अपाङ्ग संघ, सिन्धुलीका अध्यक्ष जीवन राना मगरले बताउनुभयो ।