सिन्धुली, २७ पुष । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) सिन्धुलीको अध्यक्षमा पुन रोहित गुरुङ चयन हुनुभएको छ ।
फोनिज सिन्धुलीको पाँचौं जिल्ला अधिबेशनबाट गुरुङको अध्यक्षतामा १३ सदस्यीय समिति सर्वसहमत गठन गरिएको हो ।
समितिको उपाध्यक्षमा सरला सुनुवार, सचिवमा कल्पना भुजेल, सह–सचिवमा संगिता डिम्दोङ, कोषाध्यक्षमा जीवि श्रेष्ठ चयन हुनुभएको छ । समितिको सदस्यहरुमा सदस्यहरूमा गोमा श्रेष्ठ, विमला रजन मगर, आदित्य लामा, गुणमाया मगर, पुनम सुनुवार, राजकुमार श्रेष्ठ, कृष्ण कुमारी श्रेष्ठ र नानुका तामाङ चयन भएका छन् ।
बागमती प्रदेशसभा सदस्य गंगा नारायण श्रेष्ठको प्रमुख आतिथ्यतामा अधिवेशन सम्पन्न भएको हो ।